बुधबार २० मंसिर २०८०

अहिलेको आवश्यकता भनेको सबैले आ-आफ्नो ठाउँबाट आफूले सक्दो सहयोग गरी उद्दार तथा राहतको कामलाई जसरी हुन्छ प्रभावकारी बनाउने हो। राहत र उद्दारको क्रममा हामी राजनीति भन्दा बाहिर रहेर काम गरिरहेका छौ। डा. मुकुल ढकाल, डा. तोसिमा कार्की लगायतको चिकित्सकहरूको टोली उपचारमा संलग्न हुनुहुन्छ। मैले विगतमा गरेको, जानेको र अहिले आवश्यक, एउटा महत्त्वपूर्ण काम भनेको आवाजविहीनको आवाज, आम जनताका पिर, मर्का र समस्याहरू सरोकारवालाहरू सम्म पुर्‍याउने हो। विपद् को बेला यो अझै महत्त्वपूर्ण हुन्छ। तसर्थ, जाजरकोट भूकम्प बारे सूचना, समन्वय र सहयोगका लागि म केही दिनको लागि जाजरकोटको रेडियोकर्मी बन्दैछु। विभिन्न निकायसँग समन्वय गरी सहयोग गर्न म अहिले ८:३० बजे देखि पाइला F M 96.1 मा LIVE आउदैछु। सबैलाई काम लाग्ने गरी समन्वयमा रहनेछु।


Last Updated on: November 4th, 2023 at 8:51 pm

१०१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया