Ultimate magazine theme for WordPress.

ता’लिबान कतिको धनी छ ? सं’गठन चलाउने पैसा कहाँबाट ल्याउँछ ? यी हुन् प्रमुख आय स्रोतहरु

765

एजेन्सी – यस महिनामा ता’लिबानले लगभग सम्पूर्ण अफगानिस्तान क’ब्जा गरिसकेको छ। अबको केही दिनमा अमेरिकाको नेतृत्वमा रहेको पश्चिमी देशका सेना अफगानिस्तानबाट बा’हिरिने छन्।

योसँगै विगत दुई दशक देखि दुई पक्षहरुबीच चलिरहेको सं’घर्ष सम्भवतः अन्त्य हुनेछ। तालिबानका लागि ग’ठबन्धन सेनासँगको संघर्ष निकै कठिन रह्यो। उसका सामू विश्वका धनी देशका सेनाहरु थिए जसलाई न पैसाको क’मी थियो न आ’धुनिक ह’तिया’रको नै। यस मामिलामा ता’लिबानको अवस्था तुलनात्मक रुपमा कमजोर नै थियो।

एक अनुमान अनुसार २०११ मा ता’लि’बा’न ल’डाकुहरुको संख्या ३० हजार थियो। तर २०२१ मा आइपुग्दा त्यो संख्या बढेर ७० हजारदेखि एक लाखको बीचमा पुगेको छ। यस्तो स्थितिमा यति ठूलो संगठन र च’रमपन्थी अ’भियानहरु चलाउनका लागी ठूलो आर्थिक सहयोगको आवश्यकता पर्दछ।

ता’लिबानले यो आर्थिक सहयोग कहाँ बाट पाउँछ ? उसलाई देशभित्र वा बाहिर कहाँबाट मिल्छ आर्थिक सहयोग ?ता’लिबानले अफगानिस्तानमा १९९६ देखि २००१ सम्म शा’सन गरेको थियो। तर ता’लिबानको आम्दानीका बारेमा कसैलाई पनि ठो’स जानकारी छैन।

ता’लिबानसँगको सम्पत्ति र आम्दानीका बारेमा अनुमान भने लगाउन सकिन्छ । यद्यपि बीबीसीले अफगानिस्तान भित्र र बाहिर रहेका धेरै मानिसहरुसँग कुरा गरेर धेरै जानकारी जम्मा गरेको छ। बीबीसीका अनुसार ता’लिबानको आर्थिक अवस्था ज’टिल छ ।

२०११ मा ता’लिबान को वार्षिक आय लगभग २९ सय करोड रुपैयाँ थियो। तर बीबीसीले खोजबाट २०१८ को अन्त्यसम्म उक्त आय बढेर ११ हजार करोेड पुगेको पत्ता लाग्यो। अबको केहि दिनमा ता’लिबान अफगानिस्तानको सरकार चलाउन गइरहेको छ ।

यस्तोमा उसको आर्थिक स्थिति धेरै माथि उ’कासिने अनुमान गर्न सकिन्छ। ता’लिबानको बारेमा एउटा आम धारणा छ। उसको आम्दानीको मुख्य स्रोत अ’फि’म र हे’रो’इ’न हो भन्ने गरिन्छ। तर यस विषयका जानकारहरु यो कुरा सही नभएको बताउँछन्।

विशेषज्ञहरुका अनुसार अ’फि’म’बाहेक ता’लिबानले आफ्नो क’ब्जामा रहेका क्षेत्रहरुमा लगाईने विभिन्न प्रकारका करहरुबाट पनि कमाई गर्दछ। यससँगै विदेशबाट दान र खनिजको व्यापार पनि उनको कमाईको स्रोत हो। पूर्व अफगानिस्तान सरकार र अमेरिकी अधिकारीहरुले लामो समयदेखि

पाकिस्तान, इरान, रसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार लगायत धेरै खाडी देशहरुले ता’लिबानलाई आर्थिक सहयोग प्रदान गरेको आरोप लगाउँछन्। ता’लिबानसँग ती देशको सम्बन्ध लामो समयदेखि रहिआएको छ। तर, यी देशहरुले यो तथ्यलाई कहिल्यै स्वीकार गरेका छैनन्।

यो पनि मानिन्छ कि खाडी देशहरु जस्तै साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, पाकिस्तानसहितका ना’गरिकहरुले ता’लिबानलाई व्यक्तिगत रुपमा सहयोग गरिरहेका छन्। विदेशबाट ता’लिबानलाई दिइने सहायताको सही आँ’कडा थाहा पाउन असम्भव छ।

तर वि’ज्ञहरुका अनुसार ता’लिबानलाई विदेशबाट लगभग ५०० मिलियन डलर अर्थात ३६ सय करोड रुपैयाँ प्राप्त हुन्छ। यसअघि एक अमेरिकी गु’प्तचर रिपोर्टले अनुमान गरेको थियो कि ता’लिबानले २००८ मा विदेशबाट १०.६ करोड डलर पाएको थियाे ।

यो मानिन्छ कि ता’लि’बानहरु लामो समयदेखि अ’फी’म, हे’रो’इ’न जस्ता ला’गु’औ’ष’ध’को अ’वै’ध व्या’पार गर्दै आएका छन्। अफगानिस्तान संसारमा अ’फी’म र हे’रो’इ’न’को सबैभन्दा ठूलो उत्पादक हो। हे’रो’इ’न अ’फि’म’बाट बनेको हुन्छ ।

एक अनुमान अनुसार अफगानिस्तानबाट १.५ देखि ३ बिलियन डलर बराबरको अ’फि’म हरेक वर्ष अन्य देशहरुमा पठाइन्छ। अफ गानिस्तानका अधिकारीहरुका अनुसार ता’लिबा’नले किसानहरुलाई अ’फी’म खेती गर्न ल’गाईरहेको छ र उनीहरुमा १० प्रतिशत कर लगाएको छ।

यसबाहेक हे’रो’इ’न बनाउने प्र’योगशालाहरुबाट पनि कर संकलन गर्दछन्। यी सबैबाट ता’लिबानको आम्दानी १० देखि ४०० मिलियन डलर (७५०० देखि ३००० करोड रुपैयाँ) को बीचमा रहेको अनुमान छ। २०१८ मा अमेरिकी क’माण्डर ज’नरल जो’न नि’कोलसनले एक रिपोर्टमा भनेका थिए कि ता’लिबानलाई उसको आयको ६० प्रतिशत आम्दानी अ’वै’ध ला’गु’औ’ष’ध’को व्यापारबाट आउँछ।

ता’लिबानको आम्दानी अ’फि’म’को खेती र बिक्रीबाट मात्र आउँदैन। यसको प्रमाण सन् २०१८ मा अ’फगानिस्तानका व्यवसायीहरुलाई लेखिएको खुला पत्र हो। जसमा ता’लिबा’नले उनीहरुलाई तेल, निर्माण सामग्री लगायत धेरै उत्पादनहरुमा कर तिर्न आग्रह गरेको थियो।

ता’लिबानले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रका जनताहरुसँग विभिन्न वस्तुमा कर उठाउँछ। पछिल्ला दुई दशकहरुमा पश्चिमी देशको केही पैसा पनि ता’लिबान नाममा गएको छ। पछिल्लो दुई दशकमा विश्वका धेरै देशहरुको सहयोगमा देशमा सडक, विद्यालय, अस्पताल आदि बनाइयो।

तर ता’लिबानले यी सबै परियोजनाहरुको लागी आउने सवारी साधनहरुबाट पैसा संकलन गर्यो। यो पनि अनुमान गरिएको छ कि ता’लिबानले पश्चिमी देशहरुलाई सामान आपूर्ति गर्ने ट्रकहरुबाट हरेक बर्ष लाखौं डलर कमाउँछ। यसबाहेके अ’फगान सरकारद्वारा आ’म जनतालाई प्रदान गरिने सेवाहरुबाट पनि ता’लिबानले धेरै कमाएको छ।

जब ता’लिबानले कुनै क्षेत्र क’ब्जा गर्छ त्यहाँबाट पैसासँगै धेरै सामान, सवारी सा’धन, ह’ति’या’र आदि प्राप्त गर्दछ। अफगानिस्तान ख’निज र बहुमूल्य प’त्थरको मा’मलामा धेरै धनी छ। दशकौंदेखि देशमा जारी द्व’न्द्व’का कारण त्यसको पर्याप्त उ’त्खनन् तथा उपयोग भएको छैन।

अफगानिस्तानका अधिकारीहरुका अनुसार देशको ख’निजजन्य उद्योग हाल करिब एक अर्ब डलर बराबरको छ। देशमा धेरैजसो ख’नन सानो स्तरका छन् यो अधिकांश अ’वैध रूपमा गरिन्छ। ता’लिबान यसलाई नि’यन्त्रण लिई का’नूनी र अ’वैध सबै प्रकारको ख’ननबाट धेरै पैसा जम्मा गर्दछ।

सन् २०१४ मा संयुक्त रा’ष्ट्रसंघको एक रिपोर्टले ता’लिबा’नले हे’लमा’न्ड प्रान्तमा २५ देखि ३० अ’वै’ध खा’नी प’रियोजनाहरुबाट हरेक वर्ष एक करोड रुपैयाँभन्दा बढी क’माई गरेको थियो।