
जीवनमा कयौं पटक यस्तो हुन्छ कि हामीले कडा परिश्रम गर्छौ तर त्यसको नतिजामा सफलता मिल्दैन। यसको पछाडि तपाईंको मेहनतमा कुनै कमी छैन, तर शनिदेव तपाईंसँग क्रोधित हुन सक्छन्।
शनिदेव तपाईसँग दु:खी छन् भने लाख पटक तपाईं मेहनत गर्नुहोस् तर कुनै पनि काममा सफलता मिल्दैन। यदि तपाईं पनि यस्तै समस्याबाट गुज्रिरहनु भएको छ भने आज हामी तपाईंलाई शनिदेवलाई प्रसन्न गर्ने ५ सरल उपाय बताउँदैछौं। यी उपायहरू गरेमा, तपाईंले चाँडै राम्रो परिणाम प्राप्त गर्नुहुनेछ।
शनिबार कालो कुकुरलाई रोटी खुवाउनुहोस् – असहाय पशुपक्षीलाई खुवाउनु शुभ मानिन्छ। यदि शनिदेव तपाईंसँग क्रोधित छन् भने प्रत्येक शनिबार कालो कुकुरलाई घ्यू वा मिठाई लगाएर रोटी खुवाउनुहोस्। यो उपायले तपाईंको रोकिएको काम पुरा हुन थाल्छ भन्ने विश्वास छ। यससँगै जीवनमा आउने बाधाहरू पनि हट्छन्।
शनिबार कालो वस्त्र धारण गर्नुहोस् – कालो रंग शनिदेवको प्रिय मानिन्छ। शनिदेव स्वयम् पनि कालो रंगको लुगा लगाउँछन्। धेरै मिहिनेत गरेर पनि काममा सफलता मिलेको छैन भने शनिदेवलाई प्रसन्न पार्न हरेक शनिबार कालो कपडा लगाउन सुरु गर्नुपर्छ। यसो गर्नाले तपाईंमा शनिदेवको कृपा रहन्छ।
खाँचो परेकालाई सहयोग – परोपकार हाम्रो संस्कृतिको अभिन्न अंग हो। यो बिना कुनै पनि काम अशुभ मानिन्छ। शनिदेवको कृपा प्राप्त गर्न चाहनुहुन्छ भने हरेक शनिबार कालो दाल, कालो तोरी, कालो कपडा वा यस्तै कालो रंगका वस्तु कुनै पनि आवश्यकतामा परेकालाई दान गर्नुहोस्।
मुख्य ढोकामा दियो बाल्नुहोस् – आर्थिक अभाव र घरको समस्या हटाउन प्रत्येक शनिबार घरको मुख्य द्वारमा तोरीको तेलको दियो बाल्नुहोस्। यसका साथसाथै शनिदेवको मन्त्र पढेर साँचो मनले पूजा गर्नुहोस्। यस उपायले शनिदेव आफ्ना भक्तहरूमाथि प्रसन्न भई उनीहरूको मार्गमा आउने सबै बाधाहरू हटाउँछन्।
पीपलको रूखमा जल अर्पण – शनिदेवको कृपा प्राप्त गर्न प्रत्येक शनिबार पीपलको रुखमा जल चढाउनुपर्ने धार्मिक ग्रन्थमा उल्लेख छ। पीपल रुखले दिनरात अक्सिजन दिएर मानवताको ठूलो सेवा गर्छ। हिन्दु धर्ममा यसलाई अति पवित्र मानिन्छ। त्यसैले यसमा नियमित जल चढाउँदा शनिदेव प्रसन्न हुन्छन्।