Ultimate magazine theme for WordPress.

आफ्नो पार्टीभित्र एमाले प्रवृति दो’होरिदैन : अध्यक्ष नेपाल

61

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीभित्र एमाले प्रवृति नदोहरिने स्पष्ट पारेका छन् । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको पार्टीको पहिलो संसदीय दलको बैठकमा कम्युनिस्ट आ’न्दोलन बचाउनकै लागि बि’द्रोह गरिएको भन्दै आफ्नो पार्टीमा अब एमाले प्रवृति नदोहरिने बताएका हुन् ।

उनले यसअघि एमालेमा एकल हस्तक्षेप हावी भएको, कम्युनिस्ट आ’न्दोलनलाई कमजोर पार्न खोजिएको र फरक विचारलाई उपेक्षा गरिएको आरोप लगाए । यसअघि पनि मनमोहन अधिकारी, महोनविक्रम, तुल्सीलालले विभिन्न समयमा विद्रोह गरेर फरक–फरक समूह बनाएको र त्यसले कम्युनिस्ट आ’न्दोलन, राष्ट्रियता बचाएको भन्दै उहाले अहिले पनि केपी ओलीले व्यवस्थावि’रुद्ध गतिविधि गरेकाले वि’द्रोह गर्नुपरेको जि’किर गरे ।

उनले पार्टीभित्रको फोहोर फा’लेर सफा बनाउँदा सबैको आकर्षणको केन्द्र हुने धारणा राखे । त्यस्तै उनले अहिले नै अरु कुनै पार्टीसँग एकीकरण नगर्ने र देशव्यापीरूपमा ब’लियो संगठन बनाउने बताए ।केही व्यक्तिहरूले अरू दलमा विलिन हुन गइरहेको हल्ला चलाएको भन्दै अध्यक्ष नेपालले कुनैपनि भ्रममा नपर्न आग्रह गरे ।

उनले नयाँ पार्टी गठन गर्दा अनेक अ’वरोध सिर्जना गरिएको भन्दै सबै बाधा अ’वरोध ह’टाउन सफल भएको तर्क गरे ।उनले अहिले गाउँ–गाउँसम्म नेकपा (एकीकृत समाजवादी)को पार्टी संरचना रहेको भन्दै त्यसलाई मजबुद बनाउदै लैजाने बताए । अध्यक्ष नेपालले प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित बढीभन्दा बढी प्रतिनिधिहरुलाई नयाँ दलमा आबद्ध गराउन निर्देशन दिए ।