शनिबार १६ मंसिर २०८०

पर्वत । पर्वत, स्याङ्जा र गुल्मीको संगम स्थल सेतीवेणी स्थित विश्वकै ठुलो शालिग्राम शिला रहेको स्थानमा कालीगण्डकी स्नान गर्ने क्रममा नदिले बगाउँदा एक महिलाको मृत्यु भएको छ । भने उनका चार वर्षिया छारा गम्भीर घाईते भएका छन् ।

पर्वतको बिहादी गाउँपालिका वडा नं। ६ शालिग्रामबाट सेतिबेनीमा कालीगण्डकी नदिमा नुहाउन गएकी २५ वर्षिया रितु भट्टराईको मृत्यु भएको हो । कालीगण्डकी स्नान गर्न गएका एकै परिवारका ४ जना मध्ये ४ वर्षिया बालकलाई नदिले बगाएपछि उद्धार गर्न जाँदा आमा रितु भट्टराईलाई पनि बगाएको हो ।

दुवैजनालाई उद्धार गरी कालीगण्डकी अस्पताल मिर्मिमा पुर्‍याउने वित्तिकै आमाको मृत्यु भएको हो भने ४ बर्षिया बालक रियान भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक भट्टराईको आज अन्त्यष्टि गरिएको छ ।


Last Updated on: November 4th, 2023 at 10:19 pm

७७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया