बुधबार २० मंसिर २०८०

जनकपुरधाम । खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका ४ महेन्द्रनगर घर भएका गुल्जार महम्मद रहेका छन् ।

उनले संचालन गर्ने साहिल फ्रेस हाउस मासु पसलबाट खसीको मासु भन्दै बाख्राको मासु बिक्री भईरहेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो ।

प्रहरीले उनको पसलबाट ८ किलो बाख्राको मासु बरामद गरेको छ।


Last Updated on: November 4th, 2023 at 10:43 pm

२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया