Ultimate magazine theme for WordPress.

साप्ताहिक राशिफल: भदौ २० गते आईतबारदेखि भदौ २६ गते शनिबारसम्मको हेर्नुहोस राशिअनुसार भाग्य

223

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)हप्ताको पहिलो दिन अर्थात आईतबार साझसम्म प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । आईतबार साझदेखि मंगलबारसाझ सम्मको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ ।

अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न रहनेछ । मंगलबार रातिदेखि समय तपाईकै पक्षमा आउँने हुनालेराजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ ।

बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो हुनेछ भने जीवन साथिको सहयोगमा महत्वपुर्ण काम गर्ने अवसर आउँनेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)मंगलबार सम्मको समय राम्रो रहेकोले पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ । बुधबारदेखि शुक्रबार बिहानसम्म समय मध्ययम रहेकोले वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ ।

अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । शुक्रबार बिहानपछि पुनह समय राम्रो रहेकोले जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)मंगलबार सम्मको समय मध्ययम रहेकोले नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरु बाट आलोचनाको शिकार होईनेछ । अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । कामहरु बिग्रने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ ।

परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुदा मन चिन्तित रहनेछ । व्यापार व्यावसायमा बढिनै समय खर्चिनु पर्नेछ । बुधबारदेखि समय राम्रो रहेकोले अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् ।

व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ । हप्ताको अन्तमा लामो दुरिको बैदेशिक यात्राको अधिक सम्भावना रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मंगलबार सम्मको समय मध्ययम रहेकोले समयमा काम नबन्ने,आर्थिक संकटको सामना तथा ऋण लाग्ने हुनालेमानसिक तनाब बढ्नेछ । सवारि साधन चलाउदा वा बाटो हिड्दा होसियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुन सक्छ ।

दिदि बहिनिबाट तपाईले आशा गरेजस्तो सहयोग नपाईने हुदा मन खिन्न हुनेछ । सामाजिक कामको सिलसिलामा ब्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । धार्मिक तथा तिर्थ यात्राको प्रसस्त सम्भावना भएपनि बाटोमा दुख हुन सक्छ ।बुधबारदेखि नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ ।

निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ भने ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)बिहिबार सम्मको मध्ययम रहेकोले साझेदारि व्यावसाय गर्दा वा यात्राको तय गर्दा ख्याल गर्नुहोला धोका हुन सक्छ ।तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ ।ऋण , रोग तथा संकटको सामाना गर्नुपर्नेछ । निर्णायक पदमा हुनुहुन्छ भने तपाईबाट समाजलाई असर पर्ने घातक निर्णयहरु हुनसक्छन् ध्यान दिनुहोला ।

नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । धर्मको नाममा गलत व्याक्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । खोज तथा अनुशन्धानको क्षेत्रमा फितलो उपस्थितिले भनेजस्तो गन्तब्य पहिल्याउँन असहज हुनेछ ।

शुक्रबारबाट कर्म भावमा जाने चन्द्रमाले कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पैत्रिक धन सम्पतिको परिचालन मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)मंगलबार सम्मको समय उत्तम रहेकोले प्रतिश्पर्धाको लडाईमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । नयाँ नयाँ काम गर्ने जागर आउने तथा काम गर्ने शैलि परिवर्तन गरेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

पढाई लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । प्रेम गर्ने जोडिहरुले लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् ।

बुधबार बिहानबाट समय मध्ययम रहेकोले आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । हप्ताको अन्तमा धार्मिक स्थल तथा तिर्थ यात्राको तय गर्न सकिनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,त)पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ ।

व्यापार व्यावसाय फस्टाएर जानेछ भने थप लगानि गर्ने वाताबरण बन्नेछ । ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ ।

शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउँनु होला ।

बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू)समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ ।

पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बुधबारदेखि समय उत्तम रहेकोले वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ भने मुद्दा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । एकल तथा साझेदारि व्यावसाय फस्टाएर जानेछ । ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे)हप्ताको पहिलो दिन अर्थात आईतबार राम्रो रहेकोले दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनालेप्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।

सोमबार देखि बिहिबार सम्मको समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन बढिनै मेहनेत गर्नु पर्नेछ ।

आमा,आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला ।

शुक्रबार तथा शनिबारको समय राम्रो रहेकोले स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)पहिलो दिन मध्यम रहेकोले समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । सोमबार तथा मंगलबारको समय राम्रो रहेकोले बादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुको हार हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

दाजुभाई तथा छिमेकिसँग नयाँ कामको सम्झौता हुनेछ । साथिभाई तथा आफन्तका साथ आन्तरिक यात्राको तय हुनेछ । उद्योग,व्यापार व्यावसायमा गरिएको लगानिबाट भरपुर आम्दानि गर्न सकिनेछ । बुधबारदेखि समय मध्ययम रहेकोले सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् ।

पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुनालेशिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाफा कमाउँन सकिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा)आईतबार, बुधबार तथा बिहिबारको समय राम्रो रहेकोले समाजमा नाम तथा दाम कमाउने तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ भने मान,सम्मान,प्रतिष्ठामा बृद्धि भएर जानेछ । आर्थिक क्षेत्र सबल बनाउँन गरिने लगानिबाट राम्रो प्रतिफल पाईनेछ तथा व्यापार व्यावसाय फस्टाएर जानेछ ।

राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग हुने हुदा दैनिकि परिवर्तन हुनेछ । पढाई लेखाईमा अरुलाई पछि छोड्दै उत्कृष्ट नतिजा हात लगाउँन सकिनेछ । सोमबार,मंगलबार तथा शुक्रबार देखि समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्नेछ ।

समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् ।

हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । जनसम्पर्क बढ्ने तथा दाजुभाई, छिमेकिबाट सहयोग पाईने हुनालेमन प्रशन्न रहनेछ । छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ ।

पराक्रम बढेर जाने हुनालेशाहसिलो काम गर्ने जोस जागर बडेर आउनेछ । बुधबार तथा बिहिबारको समय मध्ययम रहेकोले माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ ।