आइतबार १६ आश्विन २०७९

काठमाडौं । काठमाडौंको शाँखुमा रहेको जन्म बचत तथा ऋण सहकारी संस्थाले आफ्ना बचतकर्तालाई पाँच दिनभित्र बचत फिर्ता लिनका लागि आग्रह गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै सो सहकारीले आफुले बचत गरेको आधिकारिक कागजात, पासबुक भौचरका साथै नागरिकताको फोटोकपी समेत लिइ बचत फिर्ता लिन आउन उर्दी गरेको हो ।सो सहकारीले पाँच दिनभित्र बचत फिर्ता लिन नआउनेको रकम पनि फिर्ता नहुने बताएको छ ।

‘पाँच दिनपछि दाबी गर्न आउने बचतकर्ताहरुको बचत फिर्ता गर्न नसकिने जानकारी समेत यही सूचना मार्फत् दिन चाहन्छौं,’ सूचनामा भनिएको छ । सो सहकारीले भाद्र १० गते शुक्रवार सम्ममा बचत फिर्ता लिन आउन आग्रह गरेको छ ।

बचतकर्ताहरुको आधिकारिक कागजात बुझाउनको लागि साँखु मालपोत कार्यालय परिसरमा रहेको “निलभैरव फोटोकपी सेन्टर“मा दिउँसो २ बजे देखि ५ बजेसम्ममा आआफ्नो प्रमाण सहित सम्पर्क राख्न सहकारीले आग्रह गरेको छ ।

सो सहकारीका सञ्चालक डेविड श्रेष्ठले सहकारी बिक्री गर्न लागेकोले रकम फिर्ता गर्न लागेको बताए । यसले आफ्नो सदस्यहरुको तथ्यांक संकलनमा पनि सहयोग गर्ने उनको भनाइ छ ।

यो पनि – झण्डै एक दशकभन्दा बढी समय अघिबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को विकल्प खोज्नुपर्ने आवाज उठ्दै आएको छ । २०६५ सालतिर नेप्सले डिजिटाइजेशनमा पाइला टेक्दै गर्दा लगानीकर्ताको समूहले नयाँ स्टक मार्केट सञ्चालनमा ल्याउनका लागि सरकारसँग माग गरे ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पनि अध्ययन गरेर मात्रै विकल्पका रुपमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने बताउँदै आएको लामो समय भइसकेको छ । बोर्डले प्रत्येक वर्ष आफ्नो नीति तथा कार्यक्रममा नेप्सेको सुधारका लागि विकल्प खोज्ने बताउँदै आएको छ ।

तर झण्डै डेढ दशक हुँदा पनि बोर्डले न नेप्सेको विकल्प खोज्न सक्यो, न त आफ्नो नीति तथा कार्यक्रमबाट सो योजना नै हटाउन सक्यो ।नयाँ स्टक सञ्चालनका लागि लगानीकर्ताबाट आवाज उठ्ने क्रम जारी नै छ ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा लगानीकर्ता छोटेलाल रौनियारले नेप्सेको मनोमानी अन्त्य गर्न नयाँ स्टक एक्सचेञ्ज ल्याउनुपर्ने बताए । नेप्सेको एकाधिकार तोड्नका लागि भएपनि नयाँ स्टक आउनुपर्ने उनको धारणा छ ।


Last Updated on: August 22nd, 2022 at 11:27 pm

तपाईको प्रतिक्रिया