बुधबार २० मंसिर २०८०

क्यानडामा एकजना नेपालीले १ लाख डलरको चिट्ठा जितेका छन् ।

पोखराका दीपक अधिकारीले ‘सिक्स फोर्टी नाइन’ चिट्ठामा एक लाख क्यानेडियन डलर (करिब ९७ लाख रुपैयाँ) पुरस्कार जितेको क्यानडामा रहेका सुनसरी घर भएका नेपाली सञ्चारकर्मी जयराम गौतमले जानकारी दिए ।

दुई वर्षअघि क्यानडा गएका उनले त्यसै बेलादेखि नियमित रूपमा चिट्ठा टिकट किन्ने गरेको बताएका छन् ।

उनले अक्टोबर पहिलो साता ब्रापम्टनको एउटा कन्भिनियन्स स्टोरमा उक्त चिट्ठा किनेका थिए । नेपालमा पर्यटन व्यवसायमा आबद्ध अधिकारीले आगामी दिनमा पनि नियमित टिकट किन्ने पनि बताए ।


Last Updated on: November 4th, 2023 at 11:12 pm

६५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया