
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२४ मा स्थान बनाएसँगै नेपालको वरियतामा सुधार भएको छ। सन् २०२४ मा हुने विश्वकपका लागि छनोट भएसंगै नेपाल आइसिसी टि२० वरियतामा एक स्थान माथि उक्लिएको हो।
आइसिसीले जारी गरेको नयाँ टि२० आई वरियतामा नेपालले नेदरल्यान्ड्सलाई पछि पारेको छ। टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट अघि नेपाल १६ औं स्थानमा थियो।
तर अब नेपाल १५ औं स्थानम उक्लिएको छ। नेपाल २४ खेलमा ४ हजार ३ सय ७७ अंक र १८२ रेटिङका साथ १५ औं स्थानमा छ भने नेदरल्यान्ड्सको १९ खेलमा ३ हजार ४ सय ४५ अंक र १ सय ८१ रेटिङ अंक छ।
नेपालले विश्व कप छनोटमा चार मध्ये तीन खेल जितेको थियो । नेपालले नेदरल्यान्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो । वरीयतामा भारत शीर्ष, इङ्ग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, वेस्टइन्डिज सातौँ, श्रीलङ्का आठौँ र बङ्लादेश नवौँ स्थानमा छन् ।
त्यस्तै, अफगानिस्तान १०औँ, जिम्बावे ११औँ, नामिबिया १२औँ, आयरल्यान्ड १३औँ र स्कटल्यान्ड १४औँ स्थानमा छ । यूएई १७औँ, ओमान १८ औँ र पपुवा न्युगिनी १९औँ स्थानमा छ ।