बुधबार २० मंसिर २०८०

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएको छन् ।

आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी ८ महिनाकी छोरी प्रार्थना रहेका छन् ।

घाइते हुनेमा हिमाली गाउँपालिका–५ बस्ने ३० वर्षीया प्रकाश बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ । उनीहरूमध्ये विमलाको अवस्था गम्भीर रहेको छ ।


Last Updated on: November 5th, 2023 at 8:48 am

२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया