
एजेन्सी – भारतका पूर्व क्रिकेटर इरफान पठानले नेपाललाई बधाई दिएका छन्। आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटबाट विश्वकपका लागि छनोट भएसंगै पठानले सामाजिक संजाल मार्फत नेपाललाई बधाई दिएका हुन्।
शुक्रबार आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईलाई पराजित गरेको थियो। युएई विरुद्धको खेलमा ८ विकेटको जित निकालेसंगै नेपाल विश्वकपका लागि छनोट भए।
यससंगै चर्चित क्रिकेटर र पूर्व क्रिकेटरहरुले नेपाललाई बधाई दिरहेका छन्। त्यसमा भारतीय पूर्व क्रिकेटर पठान पनि जोडिएका छन्। उनले सामाजिक संजाल मार्फत क्रिकेटमा नेपालको प्रगतिलाई लिएर उत्साह व्यक्त गरेका छन्।
“टि २० विश्वकपका लागि छनोट भएकोमा नेपाललाई धेरै धेरै बधाई। क्रिकेटमा नेपालको विकास र प्रगति देखेर म धेरै उत्साहित छु। शुभ कामना 🙌”,पठानले सामाजिक संजालमा लेखेका छन्।