Ultimate magazine theme for WordPress.

‘प्रजा’को बेन्चमा पूर्वयुवराज्ञी हिमानी

158

काठमाडौं – राजपरिवार र त्यसबखतमा प्रजा कहाँ एकै बेन्चमा बस्थे र? यो सोच्न पनि कठिन विषय हुने थियो । तर, पूर्वराजपरिवारले सामाजिक सेवासँगै प्रजासँगको निकटतालाई साँघुरो बनाउन थालेका छन् ।

यसैको एक उदाहरण हुन्- पूर्वयुवराज्ञी हिमानी शाह । हिमानी ट्रष्टमार्फत सामाजिक सेवामा सक्रिय रहेकी उनी सोमबार दिउँसो जनकपुरमा झुल्किएकी थिइन् । उनी रामजानकी मन्दिरमा पूजा गरी बालिका मात्र अध्ययन गर्ने एक विद्यालयको कक्षा कोठामा समय बिताउन पुगिन् ।

उनी कन्या माध्यमिक विद्यालयमा पुगेकी थिइन् । हिमानी ट्रष्टका अन्य सदस्यसँग पुगेर तीन विद्यार्थीसँग एउटै बेन्चमा बसेकी हिमानीले सोधिन्,‘कुन विषय सजिलो लाग्छ ?’ उनीहरू मध्य एक जनाले भनिन्,‘हिसाब र विज्ञान । तर गाह्रो पनि हुन्छ ।’

सुस्तरी हिमानीले प्रतिक्रिया दिइन्,‘हिसाब र विज्ञान त मलाई पनि औधि कठिन लाग्छ ।’ उक्त विद्यालयका कतिपय बालिकालाई उनले शिक्षण सामग्री सहयोग समेत गरेकी छन् ।