बुधबार २० मंसिर २०८०

काठमाडौँ – नेपाली क्रिकेट टोलीका महत्वपूर्ण अलराउण्डर दीपेन्द्र सिंह ऐरीले टीममा एकता हुँदा ठूला ठूला उपलब्धि हाँसिल गर्न सकिने बताएका छन्।

नेपाल टि २० विश्वकपका लागि छनोट भएपछि ऐरीले सामाजिक संजाल मार्फत टिमवर्क र सहकार्य मार्फत टीमले अचम्मका कुराहरू हाँसिल गर्न सक्ने बताएका हुन्।

एकता नै बल हो भन्ने कुरा उल्लेख गर्दै ऐरीले नेपाल विश्वकपका लागि छनोट भएकोमा उत्साह व्यक्त गरेका छन्। आगामी समयका लागि आफूहरु उत्साहित रहेको पनि ऐरीको भनाई छ।

“‘एकता नै बल हो’ जब त्यहाँ टिमवर्क र सहकार्य हुन्छ, तब अचम्मका कुराहरू हाँसिल गर्न सकिन्छ। हामीले गर्यो!!! हामी टि २० विश्वकपका लागि योग्य छौं जुन धेरै वास्तविक लाग्छ। आउने ठूला कुराहरूको लागि धेरै-धेरै उत्साहित!”,ऐरीले सामाजिक संजालमा लेखेका छन्।

नेपालले शुक्रबार आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गरेको थियो। जससंगै नेपाल विश्वकपका लागि छनोट भयो।


Last Updated on: November 5th, 2023 at 11:27 am

१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया