बुधबार २० मंसिर २०८०

नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेलमा ओमानविरुद्ध आक्रामक सुरुवात गरेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ४७ रन बनाएको छ ।

नेपालका कुशल भुर्तेल १७ बलमा ३ चौका र २ छक्कासहित ३० रनमा क्रिजमा छन् । उनलाई सन्दीप जोराले १२ बलमा १ चौकासहित १० रनमा साथ दिएका छन् ।

बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख एक्स्ट्रा कभरमा कश्याप प्रजापतिबाट ६ रनमा क्याच आउट भए ।
बिलालले स्वलो बलमा आसिफलाई फसाएका थिए । कुशल भुर्तेलले ब्यक्तिगत १८ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर फयाज बटको पाँचौं ओभरको अन्तिम बलमा कुशलको क्याच कभरमा आयन खानले छाड्न पुगेका थिए ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । सन्दीप जोरा खेल्दा दीपेन्द्रसिंह ऐरी बेन्चमा छन् । नेपालले आज शुक्रबार राती जाजरकोट भुकम्प केन्द्रबिन्दुमा परि मृत्यु हुनेको सम्झनामा कालो पट्टी बाँधेर खेलेको छ ।


Last Updated on: November 5th, 2023 at 11:35 am

३५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया