बुधबार २० मंसिर २०८०

ओमान आमने-सामने हुँदैछ। आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको उपाधिका लागि नेपाल र ओमान आमने-सामने हुन लागेका हुन्।

नेपाल र ओमान भिड्दा नेपालका ओपनर आसिफ शेखसंग एक महत्वपूर्ण अवसर हुनेछ। ओमान विरुद्ध राम्रो प्रदर्शन गरे रन बटुल्न सके शेख टि २० आइमा नेपालका लागि सर्वाधिक रन बताए चौंथो खेलाडी बन्न सक्नेछन्।

शेखसंग नेपालका पूर्वकप्तान पारस खड्कालाई पछि पार्ने मौका छ। खड्काले आफ्नो टि २० आइ करियरमा ७ सय ९९ रन बनाएका छन्। उनले ३३ खेलका ३२ इनिङमा एक शतक र चार अर्धशतकको मद्दतमा ७ सय ७७ रन बनाएका थिए।

शेखले ३२ खेलका ३२ इनिङमा ७ सय ८२ रन बनाइसकेका छन्। उनले टि २० आइमा अहिले सम्म ४ अर्धशतक पूरा गरेका छन्। ओमान विरुद्ध १८ रन मात्र जोड्न सके खड्कालाई पछि पार्नेछन्।

त्यस्तै उनी टि २० आइमा ८ सय रन पूरा गर्ने चौंथो खेलाडी पनि बन्नेछन्। नेपालका लागि ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले मात्र ८ सय रन पार गरेका छन्।


Last Updated on: November 5th, 2023 at 11:47 am

१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया