Ultimate magazine theme for WordPress.

जोनि डीपको नक्कल गर्दै दुर्गेश

154

गायक तथा मोडल दुर्गेश थापाले आफ्नो नयाँ गीत सार्बजनिक गरेका छन । सार्बजनिक ‘बहिस्कार’ बोलको गीत दुई महिना पहिला लोकदोहोरी प्रतिष्ठानले उनलाई बहिस्कार गर्ने घोषणा गरेपछि थापाले यो गीत ल्याउने घोषणा गरेका थिए ।

प्रतिष्ठानलाई जवाफ स्वरुप उनले यो गीत सार्बजनिक गरेका हुन् । डी सिरिजको प्रस्तुति रहेको गीतमा गायक दुर्गेश थापा र शाहस शाक्यको आवाज रहेको छ ।गीतको शब्द तथा संगित दुर्गेशकै रहेको छ । संगीत संयोजन शाहस शाक्यले गरेका छन् भने भिडियोलाई शिव बिकको निर्देशन साथै कोरीयोग्राफी गरेका छन् ।

गीतको सार्बजनिक भिडियोमा दुर्गेश आफै फिचर्ड छन् । ४ लाख बढी भ्युज पाउदै भिडियोले यो समाचार तयार गर्दासम्म युट्युब नेपाल ट्रेन्डिङको ११ औं स्थानमा पुगेको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।भिडियोको सुरुवातमा अभिनेता पल शाहलाई पनि झलक्क देखाईएको छ ।

बद्ला लिन ढुङ्गा बोकेर रिसको आवेगमा हिडेका दुर्गेशलाई शाहले फुल दिदै भिडियोको सुरुवात हुन्छ । भिडियोमा थापाले गरेको क्यारेक्टर हलिउड अभिनेता जोनी डीपसँग हुबहु मिलेको छ । डि सिरिज नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।