Ultimate magazine theme for WordPress.

अनलाइनबाट टिकट का’ट्नेलाई १ बाेत्तल पानी उपहार

172

काठमाण्डाै – सरकारले अनलाइनबाट टिकट का’ट्ने यात्रुहरूलाई एक लिटरकाे पानीकाे बाेत्तल सित्तैमा दिने बताएकाे छ । आज आइतवार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागमा महानिर्देशक नमराज घिमिरेले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले अनलाइन र माेबाइलबाट टिकट बुकिङ गर्न अनुराेध गर्दै यस वर्ष अनलाइनबाट टिकट का’टेर आउने यात्रुलाई एक लिटरकाे पानीकाे बाेत्तलकाे व्यवस्था गरिएकाे जानकारी दिनुभयाे । विभागका महानिर्देशक घिमिरेले दशैँमा टिकट वितरण गर्न धेरै बि’चौलिया देखापर्ने स’मस्या

रहेको भन्दै यस वर्ष टिकट काउन्टरमा बसेकाहरूलाई परिचय पत्र र तोकिएको पोसाक उपलब्ध गराउने भएकाले काउन्टरमा रहेका पोसाक लगाउने र परिचय पत्र भएकाहरूबाट मात्रै टिकट का’ट्न आग्रह गर्नुभयो ।यसैबीच सरकारले भाेलि साेमवारदेखि दशैँका लागि मध्यम तथा लामाे दुरीकाे सार्वजनिक गाडीकाे अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

उहाँले को’रोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र टिकट का’ट्न तथा गाउँ जाँदा हुने भिडलाई मध्यनजर गर्दै काठमाण्डाैका विभिन्न ठाउँबाट गाडी छु’ट्ने बताउनुभयो ।यस्तै बैठकले दशैँको अवसरलाई मध्यनजर गर्दै वर्षाका कारण क्ष’ति भएका सडकको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।