
काठमाडाैं । नेपालका अलराउन्डर गुलशन झा आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा सर्वोकृष्ट नेपाली खेलाडी चुनिएका छन् ।
नेपाल फाइनलमा सुपर ओभरमा ११ रनले पराजित भएपनि गुल्शनले उत्कृष्ट प्रदर्शन गरेका थिए । सर्वोत्कृष्ट घोषित भएबापत गुल्शनले एक थान मोटरसाइकल प्राप्त गरे ।
गुल्शनले पाँच खेलमा ७९ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए । गुलशनले ओमानविरुद्ध ५४, युएईविरुद्ध २२ र ओमानविरुद्ध तीन रन बनाएका थिए । यसैगरी सिंगापुरविरुद्ध दुई विकेट लिएका उनले मलेसिया र ओमानसँग समान एक विकेट लिएका थिए
प्रतियोगिको सर्वोत्कृष्ट खेलाडी भने ओमानका अलराउन्डर अकिब इल्यास चुनिए । इल्यासले पाँच खेलमा १ सय ६ रन बनाउनुका साथै १० विकेट लिएका थिए ।
नेपालका कुशल भुर्तेल प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिए । कुशलले पाँच खेलमा एक अर्धशतकसहित १ सय ८५ रन बनाएका थिए ।
ओमानकाबिलाल खान उत्कृष्ट बलर चुनिए । उनले पाँच खेलमा ११ विकेट लिएका थिए ।
नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपका लागि छनोट भएका छन् । सेमिफाइनलमा नेपालले युएई र ओमानले बहराइनलाई हराउँदै विश्वकपमा स्थान बनाएका थिए।