बुधबार १९ आश्विन २०७९

काठमाडौँ – विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ। विभिन्न माग राख्दै आज नेपाल बन्दको घोषणा गरिएको छ।

केही ठाउँमा शंकास्पद वस्तुहरु भेटिएका छन् भने केही ठाउँहरुमा सवारी साधनमा आगजनी भएका छन्। बुटवलमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका ४ वटा पार्टीहरुले नेपाल बन्द आव्हान गरेको भएपनि सवारी साधन चल्न सुरु गरेका छन्।

नेपाल बन्द प्रभाव यात्रुवाहक सार्वजनिक सवारीसाधनमा परेको भएपनि निजी सवारी साधन चल्न सुरु गरेका छन्। भित्री बजारका पसलहरु छिटफुटरुपमा खुल्न थालेका छन ।उता घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा बिहानै आगजनी भएको छ ।

रा १ ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी भएको हो ।प्रहरीका अनुसार चार–पाँच जनाको समूहमा आएकाले टिपरमा आगजनी गरि भागेको थिए भने आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेको टिपर आगजनी गर्नेको खोजी भईरहेको छ । बन्दका कारण राजधानी बाहिर पनि लामो दूरीका सवारीहरु कमै मात्रामा चलेका छन् ।

राजधानीबाट बाहिर जाने सवारी साधनहरु मंगलबार बिहान ज्यादै न्युन मात्रामा गएका छन् । राजधानीभित्र बजार खुलेको र यातायात चलेको भए पनि अधिकांश शैक्षिक संस्था मंगलबार बन्द रहेका छन् ।

यस्तै, कैलालीमा बन्दकर्ताले दुई ठाउँमा विष्फोटक पदार्थ राखेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलको सडकखण्ड र हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा शंकास्पद वस्तु भेटिएको कैलाली प्रहरीले जनाएको छ । सोमबार राति छुटेका गाडीहरुलाई भने प्रहरीले स्कटिङ गरेर गन्तव्यसम्म पठाइरहेको बताइएको छ ।


Last Updated on: August 23rd, 2022 at 9:10 am

तपाईको प्रतिक्रिया