Ultimate magazine theme for WordPress.

ट्रकको ठक्करबाट इटहरीका अच्युतसहित दुईको मृ’त्यु

147

ट्रकको ठ’क्करबाट इटहरीका एक युवकसहित दुईजनाको मृ’त्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका ३ गागनखोला नजिकै ट्रकले मोटरसाइकललाई ठ’क्कर दिँदा दुई युवकको मृ’त्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ख १३१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स ७ प ९१८५ नम्बररको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इटहरी बालग्रामका २७ वर्षीय अच्युत लुईँटेल र सप्तरी कञ्जनरुप नगरपालिका ७ का ३० वर्षीय अभिषेक कटुवालको मृ’त्यु भएको हो ।

ठक्करबाट ग’म्भीर घा’इते भएका कटुवालको उपचारको क्रममा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र लुइँटेलको विराटनगर अस्पतालमा मृ’त्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

ठ’क्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुन्धान भइरहेको उनले बताए ।