Ultimate magazine theme for WordPress.

का’ल बनेर आएको टिपरले अरनिको राजमार्गमा ३३ वर्षीय सुमन रेग्मीको लियो ज्या’न

118

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि टिपर र मोटरसाइकल एकआपसमा ठो’क्कि’एर दुर्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रबार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश३–०२००७प ४०८८ नंको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा४ख ६२२० नंको टिपरसँग ठो’क्कि’एर दु’र्घटना भएको हो ।

घटनामा परी मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ का ३३ वर्षीय सुमन रेग्मी ग’म्भीर घा’इते भई धुलिखेल अस्पतालमा उपचारका क्रममा मु’त्यु भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।मृ’तक रेग्मीको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।त्यस्तै ट्रकको ठ’क्करबाट इटहरीका एक युवकसहित दुईजनाको मृ’त्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका ३ गागनखोला नजिकै ट्रकले मोटरसाइकललाई ठ’क्कर दिँदा दुई युवकको मृ’त्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ख १३१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स ७ प ९१८५ नम्बररको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इटहरी बालग्रामका २७ वर्षीय अच्युत लुईँटेल र सप्तरी कञ्जनरुप नगरपालिका ७ का ३० वर्षीय अभिषेक कटुवालको मृ’त्यु भएको हो ।

ठक्करबाट ग’म्भीर घा’इते भएका कटुवालको उपचारको क्रममा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र लुइँटेलको विराटनगर अस्पतालमा मृ’त्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

ठ’क्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुन्धान भइरहेको उनले बताए ।