आइतबार १६ आश्विन २०७९

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री राउतविरुद्ध पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा माग गरेका हुन् । राउत यादवकै दल जसपाका नेता हुन् ।भर्खरै बसेको जसपा कार्यकारिणी समितिको बैठकमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए ।

बैठकमा त्यस विषयमा मौन रहेका पार्टी अध्यक्ष यादवले सोमबार मात्रै राउतलाई राजीनामा गर्न निर्देशन दिएको सार्वजनिक गरेका हुन् ।जसपाको मधेस प्रदेश समितिको सोमबार जनकपुरमा बसेको बैठकमा पनि मुख्यमन्त्री राउतको राजीनामा मागिएको छ ।

आजै वा भोलिसम्मा राजीनामा दिने तयारीमा मुख्यमन्त्री राउत रहेको रहेको स्रोतले बतायो ।मुख्यमन्त्री राउतको राजीनामा गराएर अर्थमन्त्री शैलेन्द्र साहलाई मुख्यमन्त्री बनाउने तयारी उपेन्द्र यादवले गरेको बुझिएको छ। मुख्यमन्त्री राउत केही दिनयता काठमाडौंमै छन् ।

यो पनि – गृहमन्त्री बालकृष्ण खाणले मिटरव्याज पीडितहरूबाट अहिलेसम्म एक हजार ९ सय ३७ वटा उजुरी प्राप्त भएको बताएका छन्। गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी आह्वान गरेको थियो।

कतिपय जिल्लामा मिटरव्याज अपराधविरूद्ध उजुरी नै नआएपछि सार्वजनिक सूचना जारी गरेर उजुरी आह्वान गरिएको थियो। ‘भदौ ५ गतेसम्म एक हजार नौ सय ३७ उजुरी आएका छन्। सबै उजुरीमाथि छानबिन गरी कानून अनुसार कारबाही गर्छौं,’ गृहमन्त्री खाणले भने।


Last Updated on: August 23rd, 2022 at 9:07 am

तपाईको प्रतिक्रिया