शनिबार १६ मंसिर २०८०

काठमाडौं : नायिका पूजा शर्माका आजसम्मका सिमेमाहरु हेर्ने हो भने नायकको रुपमा सबै नयाँ नै देख्न सकिन्छ। सिनेमा ‘प्रेमगीत’मा उनले नायक प्रदीप खड्कासँग काम गरिन्। त्यतिबेला प्रदीप नयाँ थिए। त्यस्तै सिनेमा ‘म यस्तो गीत गाउँछु’मा पलसँग, ‘राम कहानी’मा आकाश श्रेष्ठसँग अनि ‘सम्हालिन्छ कहिले मन’मा सोनम तोप्डेनसँग पूजाले काम गरिन्।

पल, आकाश र सोनम पनि पूजासँग काम गर्दा स्थापित भइसकेका थिएनन्। नयाँ नै थिए उनीहरू। यस अर्थमा पूजालाई लाग्ने गर्छ कि नयाँ नायकसँग काम गर्दा फाप्छ। पूजाले शुक्रबार नायिका रेखा थापाको सिनेमा ‘उपहार’को गीत रिलिज कार्यक्रममा सोही कुरा व्यक्त गरिन्।

‘रेखा दि’ले भनेको जस्तै मलाई पनि नयाँ हिरो मात्रै फाप्छ’, पूजाले मिडियाकर्मीसँग बोल्दै भनिन्, ‘मलाई स्टारसँग त लेखेकै पनि छैन। र मलाई नयाँ हिरोसँग नै गर्नुछ। नयाँ हिरोलाई लिएर आउनुछ। नयाँ हिरो इन्डष्ट्रीलाई चाहिन्छ पनि।’

उनले यो सब कुराहरु भनिरहँदा नव नायक समर्पण जंग कार्की छेवैमा थिए। समर्पण पनि मुसुमुसु हाँसिरहेका थिए। ‘उपहार’मा पूजाको जोडीको रुपमा समर्पण रहेका छन्। ‘उपहार’बाट रेखाले कमब्याक गर्दैछिन्।


Last Updated on: November 6th, 2023 at 8:33 am

२१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया