Ultimate magazine theme for WordPress.

एम्बुलेन्स र दमकलले पिछा गर्दै यसरि गरियो फोर्स ल्यान्डिङ

2,464

काठमाडौं । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी फर्किएको बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा सुरक्षित अवतरण गरेको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज आकस्मिक अवतरणका लागि काठमाडौंतर्फ फर्किएको थियो ।झण्डै दुई घण्टासम्म आकाशमा घुमेपछि जहाजलाई आकस्मिक अवतरण गराइएको हो । केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले

सुरक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।बिहान ८ बजेर ३० मिनेटमा विराटनगरका लागि उडेको जहाज ल्याण्डिङ गियरमा समस्या भएपछि काठमाण्डौ फर्किएको थियो ।जहाज काठमाडौंको आँकाशमै आधा घण्टा बढी होल्ड भएको थियो ।

जहाजलाई प्राथमिकतामा राखेर सफलतापूर्वक अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो ।जहाज ल्याण्ड गर्दा एम्बुलेन्स र दमकलले पिछा गरेका थिए ।

काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो। सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ।