Ultimate magazine theme for WordPress.

क्याप्टेन आङ्गेलो शेर्पाको निर्णयले जहाज ठूलो दु’र्घटना हुनबाट जोगियो: बुद्ध एयर

801

क्याप्टेन आङ्गेलो शेर्पाको निर्णयले जहाज ठूलो दु’र्घटना हुनबाट जोगिएको बुद्ध एयरले जनाएको छ ।सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्धको जहाज विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा

स’मस्या देखिएपछि काठमाडौंतर्फ फर्काइएको जहाज क्याप्टेन आङ्गेलो शेर्पाले २ घण्टापछि काठमाडौंमा सुरक्षित अवतरण गराएका थिए ।७३ यात्रुसहित जो’खिमपूर्ण अवस्थामा रहेकाे जहाज क्याप्टेन शेर्पाले २ घण्टापछि काठमाडौंमा सुरक्षित अवतरण गराएका हुन् ।

विराटनगर विमानस्थलमा अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएर टावरले पनि गियर नझरेको जानकारी दिएपछि जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरेको बुद्ध एयरले स्पष्ट पारेको छ ।बुद्धले विज्ञप्ति जारी गर्दै क्याप्टेनको एक निर्णयले जहाज सुरक्षीत अवतरण गरिएको बताएको छ ।

‘जहाजमा ल्यान्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ । जसअनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेन्डरी इन्डिकेटरमा सबै ठीकठाक रहेको देखियो । ‘सुरक्षामा शून्य सहनशीलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्‍यो’, विज्ञप्तिमा भनिएको छ ।

काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टे’क्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झ’रेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो’,बुद्धले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।