शनिबार १६ मंसिर २०८०

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आफूहरुलाई सधैं समर्थन गर्न आग्रह गरेका छन्। टि २० विश्वकप छनोटको फाइनलमा ओमानसंग पराजित भएपछि पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा पौडेलले हार्दा पनि र जित्दा पनि सपोर्ट गर्न समर्थकहरुलाई आग्रह गरेका हुन्।

विश्वकप पुग्न र एकदिवसीय मान्यता जोगाउन समर्थकहरुले ठूलो भूमिका खेलेको पौडेलले बताए। समर्थकहरुलाई धन्यवादज्ञापन गर्दा उनले हार्दा पनि जित्दा पनि सपोर्ट गर्न अआग्रह गरे।

“जसरी उहाँहरुले हामीलाई सर्पोट गर्नुहुन्छ । विश्वकप पुग्नु र एकदिवसीय मान्यता जोगाउनुमा ठूलो भूमिका समर्थकहरुको पनि छ । उहाँँहरुलाई पनि यसको क्रेडिट जान्छ। धेरै कृतज्ञ छु म, हार्दा पनि जित्दा पनि यस्तै सर्पोट गरिदिनु होला ।”,पौडेलले भने।

त्यस्तै प्रशिक्षक मोन्टी देसाईंले पनि समर्थकको व्यवहारबाट खुसी देखिए। उनले भने,”समर्थकहरुलाई भन्न चाहन्छु नतिजा अर्को पक्षमा पर्दा पनि समर्थन गर्नु हुन्छ, यो निकै खुसीको कुरा हो ।”


Last Updated on: November 6th, 2023 at 11:01 am

१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया