शनिबार १६ मंसिर २०८०

काठमाडौं । काठमाडौंको सरस्वतीनगरबाट प्रहरीले नक्कली नोट सहित एक युवकलाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट नक्कली नोट र नक्कली नोट फोटोकपी गर्ने मेसिनसहित काठमाडौं महानगरपालिका-६ महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरूङको कोठामा छापा हानेको थियो। उनको कोठाबाट प्रहरीले १ हजार दरको २२५ थान नक्कली नोट, नक्कली नोट फोटोकपी गर्ने मेसिन १ थान, डिजिटल तराजु १ थान, नगद २६ हजार ८ सय रूपैयाँ, ल्यापटप १ थान र नोट छाप्न प्रयोग हुने मसिको बट्टा ४ थान बरामद गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


Last Updated on: November 6th, 2023 at 2:53 pm

१११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया