बुधबार २० मंसिर २०८०

काठमाडौं । प्रहरीले जाजरकोट भूकम्पका पीडितको नाममा चन्दा उठाउँदै गरेका ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर टेकुले अनधिकृत रूपमा चन्दा उठाउँदै गरेका उनीहरूलाई वीर अस्पताल नजिकैबाट पक्राउ गरेको हो ।

भूकम्पपीडितलाई सहयोग गर्ने नाममा अनधिकृत व्यक्तिहरूले चन्दा उठाइरहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुमतिबिना चन्दा संकलन नगर्ने कागज गराई उनीहरुलाई छाडिएको समेत प्रहरीको भनाइ छ ।

राहत संकलन गर्ने व्यक्ति वा संस्था आधिकारिक हुन् वा होइनन् भनेर निश्चित भएपछि मात्रै रकम उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ । प्रहरीले अनधिकृत रूपमा राहत र चन्दा उठाउनेलाई कानुन बमोजिम कारबाही हुने पनि स्पष्ट पारेको छ ।

सरकारले एक द्वार प्रणालीबाट राहत वितरण गर्ने जनाएको छ ।


Last Updated on: November 6th, 2023 at 3:05 pm

८९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया