Ultimate magazine theme for WordPress.

सेतो पहिरनमा खुलेकी ‘आइटम गर्ल’ नोरा (फोटो फिचर)

134

बलिउड सुन्दरी ‘आइटम गर्ल’ नोरा फतेही सदा चर्चामा रहने गर्छिन् । खास गरेर उनका डान्सहरूले चर्चा पाउने गर्छन् ।तर पछिल्लो समय भने उनी आफ्नो हट फोटोका कारण सधै सामाजिक सञ्जालमा भाइरल हुने गरेकी छिन् ।

उनको फोटोको एक झलक देख्नका लागि फ्यानहरु प्रतिक्षारत रहने गर्छन् ।नोरा पनि आफ्नो फ्यानहरुसंग सामाजिक सञ्जाल मार्फत जोडि नै रहेकी हुन्छिन् । उनी कहिले जिमबाट त कहिले शुटिंग लोकेशनबाट इन्जोय गरिरहेको फोटो/भिडियोहरु फ्यानहरुका लागि शेयर गरिरहेकी हुन्छिन् ।

हालै उनले आफ्नो एकदमै बोल्ड फोटो सार्वजनिक गरेकी छिन् ।उनले ह्वाइट आउटफिटमा खिचिएको निकै बोल्ड तस्बीर शेयर गरेकी छिन् । यस फोटोमा उनी कटआउट ड्रेसमा देखिएकी छिन् । उनको यो बोल्ड फोटोले इन्टरनेटमा एकदमै तहल्का मच्चाएको छ ।

फोटो शेयर गर्दै नोराले क्याप्शनमा लेखेकी छिन्– तपाई मलाई यसरी हेरिरहनु भएको छ कि मैले तपाई लाई कुनै दोस्रो छनौट दिएकी छैन । उनले यो तस्बीर शेयर गरे संगै उनको कमेन्ट बक्समा हर्ट तथा फायर इमोजीको बाढी नै आएको छ ।

एक दिनमै फोटोमा ३१ लाख भन्दा बढी लाईक आएको छ ।इन्स्टाबाट लिइएका उनका केहि थप तस्बिरहरू हेराैँ