बुधबार २० मंसिर २०८०

काठमाडौँ- आईसीसीको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयताको शीर्ष एक सयमा नेपालका एक क्रिकेटर अटाएका छन्। आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा एक मात्र खलाडी टप एक सय ब्याट्सम्यानमा पर्न सफल भएका हुन्।

आईसीसीको टी-ट्वान्टी अन्तर्राष्ट्रियको खेलाडीतर्फको नयाँ वरीयताअन्तर्गत शीर्ष एक सयमा नेपालका केवल दिपेन्द्र सिंह ऐरी रहेका छन। उनी ब्याटिङतर्फ ८९ औँ स्थानमा छन्।

ऐरी नेपालका उत्कृष्ट अलराउण्डर हुन्। नेपालका लागि ब्याटिङ सँग-संगै बलिङ र फिल्डिङमा उच्च प्रदर्शन गर्दै आएका ऐरी आइसिसीको टि २० वरीयतामा अटाउने एक्लो खेलाडीको रुपमा रहेका छन्। यस भन्दा अगाडी उनी ८७ औं स्थानमा थिए।

ऐरी नेपालमा सम्पन्न टि २० विश्वकप छनोटको समूह चरणको खेल सुरु हुनु अगाडी घाइते भएका थिए। त्यसपछि उनले सिंगापुर, मलेसिया र ओमान विरुद्धको खेल खेल्न सकेनन्।

तर उनी सेमिफाइनलमा भने सहभागी भएका थिए। घाइते नै रहेपनि जोखिम मोलेर उनी मैदानमा उत्रिएका थिए। त्यस्तै फाईनलमा भने ऐरीलाई पुनः टोली बाहिर राखिएको थियो।


Last Updated on: November 6th, 2023 at 4:37 pm

६२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया