बुधबार २० मंसिर २०८०

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएकाे भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको रहेको थियो ।

भूकम्पको धक्का काठमाडौँसमेत छिमेकी राष्ट्र भारतसम्म महसुस गरिएको थियो । गत शुक्रबार राति रामिडाँडा केन्द्रिबन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर १ सय ५३ जनाको मृत्यु भएको छ ।

फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार अपराह्न ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएपछि त्रास फैलिएको हो ।

सोमबार अपरान्ह चार बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँसम्म महशुस गरिएको थियो ।

‘पुन: भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् ।’


Last Updated on: November 6th, 2023 at 5:04 pm

१९३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया