Ultimate magazine theme for WordPress.

केहीले प्लेनबाटै हा’मफाल्छौं भने…

151

कामको सिलसिलामा केही दिनअघि मात्रै काठमाडौं आएको थिएँ। नयाँ सचिव सरुवा भएर सोमबार मन्त्रालयमा आउने जानकारी पाएको थिएँ। त्यही भएर बिहानको पहिलो फ्लाइटबाट विराटनगर फर्किने र नयाँ सचिवलाई स्वागत गर्ने योजना बनाए।

बिहान ८ बजेर ५ मिनेटको बुद्ध एयरको फ्लाइट थियो। मैले जहाजको ‘सिक्स ए’ को टिकट ४ हजार ९ सय रुपैयाँमा किनेको थिएँ। एकदमै आरामदायी ढंगले काठमाडौं छोड्दै प्लेन विराटनगरको आकाशमा प्रवेश गर्‍यो। परिचारिका (क्रु मेम्बर)ले केही क्षणमै विराटनगर एयरपोर्टमा जहाज ल्यान्ड गर्न लागेको जानकारी गराइन्।

सिट बेल्ट बाँ’धेर विराटनगर एयरपोर्टमा ओर्लने तरखरमा सबै यात्री थियौं। त्यहीअनुसार ‘माइन्ड सेट अप’ पनि भयो। प्लेन ल्याण्ड गर्न खोज्यो, तर ल्याण्ड हुन सकेन। र, फेरि माथितिर उड्यो। आकाशमा राउण्ड लगाउन थाल्यो। एयर ट्राफिकका कारणले हो कि ? वा अर्को कुनै प्लेन त्यहाँ उड्दै गरेकाले अवतरणमा अप्ठ्यारो परेको हो कि ? भन्ने मनमा सोचँे।

तर, जतिपटक राउण्ड लगाए पनि बाहिर हेर्दा एकै ठाउँमा पुगे जस्तो मात्र देखिन्छ। करिब ७/८ राउन्ड लगायो। त्यसपछि भने विराटनगर छोडेर अघि बढेको जानकारी क्रु मेम्बरले दिइन्। जहाजमा प्राविधिक स’मस्या आएकाले पुनः काठमाडौं फर्किन लागेको र उतै ल्यान्ड गर्ने जानकारी क्याप्टेनले गराए।

त्यसपछि भने मनमा चिसो पस्यो। प्राविधिक समस्या भनेको के कस्तो हो ?भन्ने अनेक कुरा मनमा खेल्न थाले। यसो बाहिर हेरेको त, कोसी नदी देखँे। जहाज नै नचलेको जस्तो भयो। अनि, सिट सँगैको साथीलाई सोधे, जहाज स्थिर भइरहेको हो र ?ती साथीले जहाज उडिरहेको छ भन्ने जवाफ दिए।

मन अलि शान्त भयो। नत्र, मलाई त कोसीमै लगेर प्लेन ब्ला’स्ट गर्न खोजेको हो कि जस्तो लागेको थियो। क्रिउ मेम्बरलाई के भइरहेको छ भनेर सोध्थ्यौं। सामान्य टेक्निकल स’मस्या हो, रि’स्क लिन नचाहेर काठमाडौं फर्केको भन्ने जवाफ दिने गर्थे। क्रु मेम्बर पनि एकदम नै प्रोफेसनल थिए।

उनीहरूले यात्रीलाई सान्त्वना दिइरहन्थे। तर, पनि उनीहरूका आँखामा ड’र भने पक्कै देखिन्थ्यो। उनीहरूले सम्झाउँदै गरे पनि मनले मान्दैनथ्यो। अरू यात्रीहरूका अनुहार पनि अत्तालिएको र डराएको जस्तो देखिन्थे। अनि, मन शान्त पार्न क्रु मेम्बरलाई बारम्बार सोधिरहन्थ्यौं।

नर्मल ल्यान्ड गर्ने हो भन्ने जवाफ पाउँथ्यौँ। काठमाडौं प्रवेश गरिसकेपछि मन अलि शान्त भयो। तर, ल्यान्ड गर्न खोज्दा विराटनगरकै जस्तो भयो। एयरपोर्ट सबै खाली थियो, तर ल्यान्ड गर्न सकेन। प्लेन पटक–पटक आकाशमा घुम्न थाल्यो। अनि, सबै यात्रु आत्तियौँ। केही साथीहरू चि’च्याउन र रुन थाल्नुभयो।

हाम्रो जीवनको सुरक्षा आफैं गर्छौँ भन्दै झ्याल खोलिदिन आग्रह गर्न थाल्नुभयो। उहाँहरू झ्यालबाट हा’मफाल्छौं भन्न थाल्नुभयो। त्यो कुराले झन् ड’र लाग्यो। एयरपोर्टमा नेपाली सेना, सुरक्षाकर्मी, फा’यर फा’इटर तै’नाथ भएको देख्यौँ। त्यसपछि त ड’रले थुर्थुर नै भयौं। फोर्सल्यान्ड गर्ने तयारी रहेछ भन्ने सोच्यौं।

केही पछि, प्लेन रनवेको सीधा गयो। अब भने ल्यान्ड गर्न सक्छ भन्ने भयो। जहाजको दायाँतिरको नखुलेको चक्का पनि खुलेछ। सहजै जहाज ल्यान्ड भयो। एकदमै एक्साइटेड भयौं। सबैले ताली पिट्यौँ। म भित्रैबाट रोएछु। खुसी हो कि चिन्ताले हो, थाहा भएन।

पछि फ्लाइट मोडमा भएको मोबाइल अन गरे र घरपरिवारमा फोन गरे। परिवारका कसैलाई पनि थाहा थिएन। अनि न्युजमा हेर्नु भने। धेरै बोल्न पनि सकिन। ल्यान्ड गरेपछि सु’रक्षाकर्मीलगायत सबै कुदेर जहाज नजिक आए। ल्यान्ड भएपछि पनि टेक्निकल प्रब्लम के कस्तो हो भन्ने ’डर मनमा थियो।

प्लेन राम्ररी नरोकिँदै केही साथीहरूले झ्याल खोलिदिन आग्रह गरे। उनीहरू अझै पनि झ्यालबाट हा’म फा’ल्नुपर्‍यो भन्दै थिए। पुनः जीवन दिनुभएकोमा प्लेनका क्याप्टेन र क्रु मेम्बरप्रति आभारी छु। अन्नपूर्ण