Ultimate magazine theme for WordPress.

मलेसियामै अस्ताए सुरक्षागार्डमा कार्यरत टेक बहादुर तामाङ

105

मलेसिया- वैदेशिक रोजगारीको निम्ति विगत ९ वर्ष अघि मलेसिया आएका का’भ्रेपलान्चोक महादेवटार -८ का टेक बहादुर तामाङको गत आईतवार मृ’त्यु भएको छ।

मलेसियाको मीरी सरवाक स्थित सिन याङ प्लाइवुड एसडिएन बिएचडी (shin yang plywood SDN BHD) नामक कम्पनीमा से’क्युरिटी गार्डको रुपमा काम गर्दै आएका तामाङ ड्यु’टीमा नै अ’चानक ढ’ले पछि नजिकैको अस्पताल पुर्याउदा मृ’त्यु भइसकेको थियो।

विगत केही महिना देखि प्रे’सरको रो’गी रहेका तामाङ डाक्टरको सल्लाह अनुसार ओै’सधि समेत से’वन गरिरहेका थिए। मृ’तकको श’व नजिकैको अस्पतालमा राखिएको र आवश्यक कगजात तयार गरि नेपाल फर्कनउने तयारी गरेको मृ’तकका सहकर्मी अजय तामाङले जानकारी दिनुभएको छ।

यो पनि – क्षिण कोरियामा को’रोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रो’ग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ ।

योसँगै कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या पहिलो पटक तीन हजार नाघेको छ ।यहाँ गत सोमबारदेखि कोरियन दसैँ ९छुसक० को तीनदिने बिदा थियो । यो बेला मानिसको अत्यधिक चहलपहल भयो । त्यसैले पनि यो अवस्था आएको अनुमान गरिएको छ ।

सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई समेत हल्का खुकुलो बनाएको थियो ।बिदाका अवसरमा लाखौँ मानिस आफ्नो कार्यस्थलबाट घर फर्किएकाले सङ्क्रमितको सङ्ख्या बढेको हो । सङ्क्रमणकै कारण को’रोना परीक्षण गर्नेको लाइन पनि लामो हुने गरेको छ ।

शुक्रबारको तुलनामा शनिबार कूल सङ्क्रमितको सङ्ख्या ८३९ ले बढी हो । शनिबार थपिएका कूल सङ्क्रमितमध्ये तीन हजार २४५ स्थानीय सङ्क्रमित छन भने बाँकी बाहिरबाट सङ्क्रमित भई आउने छन् ।को’रोना सङ्क्रमितको सङ्ख्या बढ्नेक्रमसँगै सरकारले खोप कार्यक्रमलाई पनि तीव्र गतिमा अगाडि बढाएको छ ।

हालसम्म ७० प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खोप लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या ४२ प्रतिशत नाघेको छ । सरकारले दुई मात्राबीचको समयावधिलाई समेत छोट्याउनाका साथै दोस्रो मात्राको कार्यक्रमलाई समेत तीव्र पार्ने बनाएको छ ।