Ultimate magazine theme for WordPress.

आ’णविक ह’तियारको होडबाजी विश्व शा’न्तिको ख’तरा : परराष्ट्रमन्त्री खड्का

47

काठमाडौं ।परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालले वि’श्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाईचाराको नीतिमा प्र’तिवद्ध रहेको जनाएका छन् ।

संयुक्त राष्ट्र संघको ७६औँ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज बिहान सम्बोधन गर्र्दै परराष्ट्रमन्त्री खड्काले आ’तंकवाद मानव अ’स्तित्वको शत्रु भएको उल्लेख गर्दै नेपालले आ’तंकवादको वि’रोध गरिरहेको बताए ।आ’णविक हा’तह’तियारको हो’डबाजीले विश्वको शान्ति र सहअ’स्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको पनि विपक्षमा रहेको उनले बताए ।

दक्षिण एसिया तथा मध्यपूर्वका देशमा भएको द्व’न्द्व र अ’शान्तिको विषय समेत उठाएका खड्काले भने,’अफ्गानिस्तान, लिवियालगायत द्व’न्द्वग्र’स्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएकाले सोही अनुरुप आपसी समझदारीमा समाधान हुने नेपालको विश्वास छ ।’

को’रोनाभाइरसको संक्रमणबाट ज्यान गु’माएका विश्वभरका नागरिकप्रति श्र’द्धाञ्जलि व्यक्त गर्दै परराष्ट्र मन्त्री खड्काले खोपको उपलब्धतामा गहिरिँदै गएको असमानताले न्यून आय भएका मुलुकमा ठूलो आर्थिक–सामाजिक असर पारेको पनि बताए ।विश्वव्यापी मानव समुदायका लागि चुनौती बनेको को-भि’ड– १९ म’हामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पनि पहिलो प्राथमिकता रहेको उनले प्रष्ट पारेका छन् ।

नेपाली जनतालाई को’रोना संक्रमणवाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।सबै नेपाली जनतालाई आगामी ६ महिनाभित्र खो’प लगाईसक्ने लक्ष्यकासाथ नेपाल सरकारले कार्ययोजना अघि बढाएको पनि मन्त्री खडकाले बताए ।

को-भि’ड–१९ को सं’कट व्यवस्थापन र खोपको व्यापकताका लागि राष्ट्र संघले देखाएको चासो र प्राथमिकताको परराष्ट्रमन्त्री खड्काले प्रसंशा गरे ।नेपालमा विश्वको सर्बोच्च शिखर सगरमाथालगायत ८ हजार मिटरभन्दा अग्ला धेरै हिमाल भएकाले पर्यटन गन्तव्यको एक अनुपम देश भएको पनि परराष्ट्रमन्त्री खड्काले उल्लेख गरे ।