आइतबार १६ आश्विन २०७९

ओखलढुङ्गा । ओखलढुंगा र रामेछापको सीमावर्ती लिखु नदीमा तोकिएको समयसीमाभित्रै पक्की पुलको निर्माण भएको छ ।

ओखलढुंगाको लिखु गाउँपालिका ६ को माटेबेँसी र रामेछापको सिसन्दु जोड्ने पक्की पुल निर्माणको काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयमार्फत २०७७ साउनमा ठेक्का लागेको पुल तोकिएको समयसीमाभित्रै ठेकेदार कम्पनी पुष्पाञ्जली सिंहदेवी जेभीले सम्पन्न गरेको पूर्वाधार कार्यालय ओखलढुंगाले जनाएको छ ।

७ करोड ११ लाख लागतमा निर्माण भएको पुल २ वर्षभित्रै निर्माण गरिएको सिंहदेवी निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक राजनकुमार सुवेदीले बताए ।

रामेछापको मन्थली, सालु, रातमाटा हुँदै ओखलढुंगाको गाम्नाङटार जोड्ने पुल समयमै निर्माण भएपछि लिखु गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ लगायतका वडाका बासिन्दा लाभान्वित भएका छन् ।

यो पनि – शाकाहारी खानाको प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटन आकर्षण गर्ने उद्देश्यले हिमालय क्षेत्रको प्रथम शाकाहारी महोत्सव ‘हिमालयन भीगन महोत्सव–२०७९’ नेपालमा आयोजना हुने भएको छ ।

वर्ल्ड भीगन अर्गनाइजेशन नेपालको आयोजनामा आगामी भदौ २८ देखि असोज ४ गतेसम्म महोत्सव गर्न लागिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव लुम्बिनीमा भदौ २८ र २९ गते, काठमाडौँमा भदौ ३० र ३१ गते र असोज १ गते काठमाडौँ तथा पोखरामा असोज २, ३ र ४ गते आयोजना हुनेछ ।

भीगन जीवनशैली प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय महोत्सव आयोजना गर्न लागिएको संस्थाका महासचिव अजित थापाले बताए । उनले विश्वमा हाल भीगन पर्यटनको सम्भावना बढिरहेको सन्दर्भमा नेपालमा पनि यसको सम्भाब्यताबारे सचेतना फैलाउन कार्यक्रम उपयोगी हुने उल्लेख गरे ।

महोत्सवमा भारत, पाकिस्तान, इण्डोनेशिया, अमेरिकालगायत ३२ देशका प्रतिनिधिहरुको सहभागिता रहने छ । भीगन पर्यटन बढ्नसके यस क्षेत्रमा लगानी बढ्नुकासाथै ‘फुड कल्चर’ को प्रवद्र्धनमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ । ननडेरी भेजिटेरियनको रुपमा लिइने भीगनलाई ऋषिमुनिहरुको खाना पनि भनिन्छ ।


Last Updated on: August 23rd, 2022 at 9:57 am

तपाईको प्रतिक्रिया