Ultimate magazine theme for WordPress.

ट्रकले ठ’क्कर दिँदा आमाछोराको मृ’त्यु

805

बुटवल । रुपन्देहीको सैनामैनामा एकाबिहानै ट्रकले ठ’क्कर दिँदा आमाछोराको मृ’त्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तरगत सैनामैना ५ बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको मृ’त्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सैनामैना ५ का ४२ वर्षिया राधा भट्टराई र २२ वर्षिया महेश भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरु आमाछोरा हुन । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृ’त्यु भएको प्रहरीले बताएको छ ।बुद्धनगरको प्रतिक्षालयमा गाडी कुरेर बसेका उनिहरुलाई पश्चिमबाट आएको ट्रकले ठ’क्कर दिएको स्थानीयले जानकारी दिएका छन ।

त्यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुरमा बस र विङ्गर एकआपसमा ठो’क्किएका छन् ।रुकुमबाट काठमाडौं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र लु१ज३००६ नम्बरको विङ्गर ठो’किँदा नौ जना घा’इते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

घा’इतेमध्ये चार जनाको अवस्था ग’म्भीर छ । विङ्गर चालक बाणगंगा नगरपालिका-८ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक ग’म्भीर घा’इते भएक छन् ।बसमा सवार रुकुमका पवन घर्ती मगर र अर्जुन बुढा मगरको अवस्था पनि ’गम्भीर छ । उनी हरूलाई थप उपचारका लागि बुटवल लगिएको छ ।बाँकी घा’इतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।