शनिबार १६ मंसिर २०८०

केही दिनदेखि सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियोले निकै तरंग मज्जायो । टिकटकमा वक्षस्थल खोलेर देखाएर थ्याक यू थ्याक यू भन्दै लाइभमा छाएकी शान्ति बराललाई नेकपा माओवादी केन्द्र रूपन्देहीले कारवाही गरेको हो ।

टिकटक लाइभमा गोप्य अंग प्रदर्शन गरेर विवादमा आएकी माओवादी केन्द्र सैनामैनाकी नेतृ शान्ति बराल पार्टीबाट निश्काशित भएकी छन् ।

माओवादी केन्द्र सैनामैना नगर अध्यक्ष नारायण महत र सचिव दीपक भण्डारीले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै बरालले नेपाली समाजको सामाजिक मर्यादा तथा पार्टीको सांस्कृतिक आचरण विपरित हर्कत गरेको हुँदा पार्टीको सम्पूर्ण जिम्मेवारी साधारण सदस्य समेत नरहने गरी निश्कासन गरिएको उल्लेख गरेका छन् । उनी वाईसीएल सैनामैनाको अध्यक्ष समेत थिइन् ।

एक हप्ता अघि टिकटक लाइभका क्रममा बरालले ब्लाउज खोलेर आफ्नो स्तन टिकटक प्रयोगकर्तालाई देखाएकी थिइन् । त्यसरी स्तन देखाएपछि टिकटक साथीहरुले उपहार दिएपछि उनले पट–पटक थ्याङ्क यु भनेकी थिइन् । उनको उक्त गतिविधिको चौतर्फी आलोचना भएपछि उनले विज्ञप्ति निकालेर इडिट गरेर आफूलाई बद्नाम गर्न खोजिएको दावी गरेकी थिएन् ।

तर फेसबुक वालमा राखिएको उक्त विज्ञप्तिमा अधिकांश फेसबुक प्रयोगकर्ताले आफूहरुले बरालको हर्कत लाइभ देखेको भन्दै यस्तो झुठो विज्ञप्तिको अर्थ नभएको टिप्पणी गरेपछि विज्ञप्ति नै हटाएकी थिइन् । बरालले मुख्यमन्त्री कार्यालयमा माओवादी जिन्दाबाद भन्दै बनाएको भिडियो समेत विवादित बनेको थियो ।

को हुन् शान्ति बराल ?

रुपन्देही सैनामैना निवासी शान्ती बराल माओवादीकी पुरानो र सक्रिय कार्यकर्ता हुन् । भूमिगतकालदेखि नै उनको माइती परिवार माओवादीमा थियो । पार्टीको विचारप्रति निरन्तर प्रतिवद्ध छिन् । उनी राजनीतिक कार्यक्रमहरुमा जतासुकै देखिने गर्छिन् । जुनसुकै पार्टीका उच्च तहका नेताहरु जिल्ला आउँदा पनि एयरपोर्ट पुगेर फोटो खिचाउँछिन् र सकेसम्म टिकटक पनि बनाउँछिन् । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि आफ्नो राम्रो सम्वन्ध रहेको उनी बताउने गर्छिन् ।

राजनीतिक गफहरु पनि गर्नसक्ने खुबी भएकी शान्ती टिकटकमा विशेष सक्रिय छिन् । २०७८ सालमा लुम्बिनीमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बनेपछि मुख्यमन्त्रीको कार्यालयभित्रै नाचेर टिकटक भिडिओ बनाएपछि उनी भाइरल बनेकी थिइन् । त्यसपछि उनले टिकटक फलोअर्स ह्वात्तै बढाइन् । अहिले टिकटकमा उनलाई १३ लाखले पछ्याइरहेका छन् ।

उनी दिनहुँ विभिन्न भावभङ्गिमामा अनेकौं टिकटक बनाएर पोस्ट गर्छिन् । कमेन्टमा उनको सौन्दर्य र जीउडालको प्रशंसा हुने गर्छन् । उनलाई भद्दा र अश्लील कमेन्टहरु पनि बग्रेल्ति आउँछन् । उनी नियमित टिकटक लाइभमा पनि बस्ने गर्छिन् ।

शान्तिलाई नजिकबाट चिन्नेहरु र पृष्ठभूमि थाहा हुनेहरु भाइरल भिडिओ उनकै हो भनेर सहजै विश्वास गर्छन् । मदिरा पिएर यस्तो हर्कत गरेको हुनसक्ने उनीहरुको अनुमान छ ।

शान्तिको दुई वर्षअघि श्रीमानसँग सम्वन्धविच्छेद भएको थियो । परपुरुषसँग भेटेपछि श्रीमानले डिभोर्स दिएको चर्चा छ । उनीहरुका दुई छोराछोरी हुर्किसकेका छन् । डिभोर्सपछि दुवै छोराछोरी बुवाको साथमा छन् । शान्ती सैनामैनामा भाडाको कोठामा एक्लै बस्छिन् । बेलाबखत छोराछोरी ल्याउँछिन् । श्रीमानले पनि अर्को बिहे गरेका छैनन् ।

आयस्रोत त्यति पारदर्शी नभए पनि शान्तिको जीवनशैली भड्किलो नै देखिन्छ । उनले विभिन्न ठेक्कापट्टाहरुको काम गरिरहेको र होटल रिसोर्टतिर पनि लगानी रहेको बताइन्छ । उनको माइती परिवार भने खातापिता हुन् ।

एक अन्तरवार्तामा उनले भनेकी छन्, ‘अहिले मलाई पूर्वदेखि पश्चिमसम्म पार्टीका साथीहरु नचिन्ने कोही पनि हुनुहुन्न । अध्यक्ष कमरेड प्रचण्डले चिन्नुहुन्नथ्यो होला, अहिले टिकटक भाइरल हुँदा एयरपोर्टमा आउँदा चिन्नुहुन्छ । धेरै राजनीतिक क्षेत्रका मान्छेहरुले चिन्नुहुन्छ ।’

माओवादीले कारवाही गरेपछि शान्तिले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेको हल्ला पनि चलाइएको छ । तर, त्यो हल्ला सत्य नभएको रास्वपाका स्थानीय नेताहरु बताउँछन् ।

एक नेताले भने, ‘पहिले नै एकचोटि कुरा भएको थियो । तर, उहाँको छविका कारणले गर्दाखेरि हामी त्यति उत्साहित भएनौं । अब त झन् सम्भावना छैन ।’

त्यसो त शान्तीलाई कारवाही गर्ने विषयमा माओवादीभत्र पनि मतभेद रहेको बताइन्छ । नगर कमिटीले गरेको कारवाहीको स्वामित्व जिल्ला प्रदेश कमिटीले लिएका छैनन् ।


Last Updated on: November 7th, 2023 at 8:01 pm

११६६३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया