Ultimate magazine theme for WordPress.

मेयरलाई मु’क्का हा’न्ने युवक गणेश पंगेनी धरौटीमा रि’हा

123

बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मु’क्का प्र’हार गर्ने युवक गणेश पंगेनी एक हप्तापछि ध’रौटीमा रि’हा भएका छन्। जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट हिजो सोमबार उनी ५ हजार रुपैयाँ धरौटीमा रि’हा भएका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका प्रवक्ता विजयराज पौडेलले ईलाका प्रहरी कार्यालय बुटवलबाट पेश हुन आएको अ’मर्यादित व्यवहारको मु’द्दा हेरेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले ध’रौटीमा छाडेको जानकारी दिए ।“अ’मर्यादित व्य’वहारसम्बन्धी मुद्दा चलाइएको रहेछ।

हिजो नै ५ हजार ध’रौटी राखेर ता’रेखमा छा’डिएको छ,” उनले भने। बुटवल उपमहानगरपालिकाका मेयर सुवेदी अघिल्लो हप्ताको सोमबार पहिरो अ’नुगमनका क्रममा वडा नं. ३ ज्योतिनगर पुगेका बेलामा पंगेनीले उनको टाउकोमा मु’क्का हा’नेका थिए।

प्रहरीले त्यस साँझ नै पक्राउन गरी अनुसन्धान थालेको थियो। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्‍धान गरी अ’मर्यादित व्य’वहारसम्‍बन्धी मु’द्दा बनाई जिल्ला प्रशासनमा पेश गरेको थियो। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक मदन कुँवरले घटनाको प्रकृति हेरेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेश गरिएको बताए।

“हामीले केही दिन राखेर अनुसन्धान गरेपछि जिल्ला प्रशासनमा मु’द्दा पठाएका थियौं । त्‍यहाँबाट ध’रौटीमा रि’हा भइसकेको छ,” उनले भने ।मेयर सुवेदीलाई दु’व्र्यवहार गर्ने पंगेनी बुटवलको ज्यो’तिनगरका पहिरो पी’डित हुन् । उनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य हुन् ।