बुधबार २० मंसिर २०८०

धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा न ९ तिनघरेमा पाल्पा भञ्ज्याङबाट धादिङबेशी तर्फ आउदै गरेको बा.प्र.०२–००४ प ४०७६ नं.मो.सा. आफै अनियन्त्रित भई दुर्घटना भएको छ ।

सोमबार अन्दाजी बेलुकी ७ बजेर ४० मिनेट जाँदा सडकबाट अन्दाजी १० मिटर तल खसि दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाईकलमा सवार बर्ष ४६ को राम बहादुर मगरको उपचारको क्रममा मृत्यू भएको छ । निजको अनुहारमा गम्भिर चोट लागेकोले उपचारको लागी धादिङ अस्पताल ल्याईएको थियो ।

मोटर साईकल चालक बर्ष २३ को अबिनाश मगरको शरिरको बिभिन्न भागमा चोट लागेकोले धादिङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ पठाएकोमा हाल चाबहिल मेडि केयर अस्पतालमा उपचार भैरहेको छ ।


Last Updated on: November 7th, 2023 at 10:47 am

५४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया