आइतबार १६ आश्विन २०७९

काठमाडौं । कडा अनुशासनको घेराभित्र रहने भनिएको नेपाली सेनाभित्र नक्कली नागरिकताधारी, बहुविवाह मुद्दादेखि चोरी र डाँकाजस्तो गम्भीर मुद्दामा मुछिएका व्यक्तिको फूर्तिफार्ती !

यस्तै व्यक्ति अहिले सेनापतिलाई समेत गुमराहमा राखेर उच्च अदालतको न्यायाधीश खाने दौडधूपमा छन् । यस्ता खेलाडी हुन् राजकुमार रञ्जितकार । उच्च अदालतको न्यायाधीशका लागि अन्य सेवाबाट १० नम्बरमा उनको आवेदन परेको छ ।

जनयु’द्धताका रक्तिम उपनामले चिनिएका उनले खानेपानीको पाइप काट्ने, डकैती गर्ने, बेपत्ता बनाउने, गैरन्यायिक ह’त्या र ब’लात्कारजस्ता अपराध कर्ममा अरुलाई फसाउने काममा संलग्न भन्दै काभ्रे जिल्ला अदालतमा यदुराज गिरीले ०६३ सालमै निवेदन दिएका थिए । उनीमाथि दोहोरो नागरिकता बोकेको समेत सिपाहीहरूको आरोप छ ।

पहिलो नागरिकता मिति २०५१ चैत १२ गते बनेपा –४ बाट लिएकोमा पछिल्लो नागरिकताको प्रतिलिपि ०६० साल चैत १२ टुकुचा–८ को ठेगाना कायम गरी प्राड सेवा नियमावलीविपरीत अधिकृतमा भर्ना भएको जंगी अड्डाभित्र बेला बखत चर्चा चल्ने गर्छ ।

ऐन विपरित दोहोरो नागरिकता लिएका उनी ब’लात्कारजस्तो जघन्य केशमा समेत मुछिएको बताइन्छ । सेनामा भर्ना हुँदाको बखत अविवाहित भनी विवरण भरेका थिए । भर्ना भइसकेपछि पहिलो श्रीमतीले काभ्रे जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेको अभिलेख भेटिन्छ ।

श्रीमतीले मानाचामल र अंश माग गर्दै जंगी अड्डामा निवेदन दिए पनि सुनुवाइ भएन । उल्टै रञ्जितकारलाई जोगाउने काम तत्कालीन जर्नेल बिएकुमार शर्माले गरे ।जंगी अड्डाबाट न्याय नपाएपछि ०७७ साल फागुन ५ गते छोरी शिल्पा (नाम परिवर्तन)ले कारबाहीको माग गर्दै मानवअधिकार आयोग गुहारेको प्रमाणसमेत जनआस्थासँग सुरक्षित छ ।

श्रीमतीलाई अंश र जग्गा दिनुपर्छ भनेर रञ्जितकारले श्रीसम्पत्ति कान्छी श्रीमतीका बुवाको नाममा बनाएर सो जग्गा आफूले भोगचलन गरिरहेका र दाइजोमा पाएको बताउँदै हिँड्ने गरेको बताइन्छ ।बिएकुमार रिटायर्ड भएपछि फेरि पहिलो श्रीमती र छोरीले जंगी अड्डा पुगेर निरेन्द्र अर्याललाई भेटे ।

अर्यालले महिला कर्णेलको टाँसो लगाए र मासिक पाँच हजार दिने मौखिक सहमतिमा हस्ताक्षर गरे पनि लागू भएन । यति मात्र होइन, उनले विजय श्रेष्ठ नामक सिपाहीको जग्गा कब्जा गरेर मानसिक यातनासमेत दिएका थिए । उनको यातनाबाट सिपाहीको मृ’त्यु भयो ।

सैनिकबाट पैसा उठाएर उनले निजगढ–बारा, टुकुचा–बनेपा–काभ्रे, भक्तपुर–दधिकोट–शाखालगायत देशका विभिन्न भागमा खरिद गरी जग्गा प्लटिङ गरेको र प्रेमिका मल्लसँग मिली जग्गा कम्पनी खोलेको चर्चा छ । रञ्जितले बा ३४ प २९९९ रातो रङको स्कुटी चढ्दै आएका छन् । यो खरिद गरेदेखि हालसम्म करसमेत तिरेका छैनन् ।जनाअस्थाबाट साभार ।


Last Updated on: August 23rd, 2022 at 10:41 am

तपाईको प्रतिक्रिया