Ultimate magazine theme for WordPress.

चार सन्तानका पिता रोनाल्डोले विवाहको प्रस्ताव गरुन् भन्ने चाहन्छिन् जर्जिना

348

ग्लोबल स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेज चार सन्तानका अभिभावक हुन् । तर उनीहरूबीच विवाह भएको छैन । लामो समययता ३६ वर्षीय रोनाल्डोसँग लिभिङ टुगेदरमा बसेकी जर्जिना अब उनीबाट विवाहको प्रस्ताव आउने प्रतीक्षामा छिन् ।

हालैमात्र जर्जिनाले नेटफ्लिक्समा ‘रोड्रिग्वेज लाइफ’ नामक आफ्नो सोको ट्रेलर सार्वजनिक गरिन् । एक विशेष समारोहबीच भएको सार्वजनिक कार्यक्रममा जर्जिनाले आफू रोनाल्डोबाट विवाहको प्रस्ताव आउने प्रतीक्षामा रहेको सुनाएकी छिन् ।

लामो समयदेखि सँगै रहेपनि रोनाल्डोले विवाहको प्रस्ताव नगरेको जनाउँदै उनले चाँडै नै रोनाल्डोको प्रस्ताव आउनेमा आफू ढुक्क रहेको पनि बताएकी छन् । २७ वर्षीय जर्जिनाले भनेकी छन्, ‘आशा गरौँ उनले मलाई चाँडै विवाह गरौँ भन्ने छन् । हुन त हामी दुवै राम्रो पलको प्रतीक्षामा छौँ ।’

यो पनि -गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रो’क लगाएको छ। उनी अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी ना’गरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् ।

गजमेरले नेपाल बस्न पाउने अवधि गु’जारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रो’क लगाएको हो । गजमेर सन् २०२१ भर नेपाल आउन पाउँदैनन् उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गु’जारिसकेका छन् ।अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।

गत सोमबार (असोज ११ गते) कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए। सोही दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट उनलाई अमेरिका फिर्ता पठाइदिएको थियो। ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा गजमेरलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए।

भुटानबाट विस्थापित भएपछि गजमेर परिवारसहित झापाको शरणार्थी शिविरमा बस्दै आएका थिए। संयुक्त राष्ट्रसंघले भु’टानी श’रणार्थीका लागि तेस्रो मुलुक पुर्नवास कार्यक्रम सुरु गरेपछि गजमेर अमेरिका गएका थिए । सन् २००६ बाट राष्ट्रसंघले भुटानी श’रणार्थीलाई अमेरिकामा पु’र्नवास गराउन थालेको थियो ।

गजमेर सन् २०११ मा परिवारसहित अमेरिका गएका हुन । त्यसपछि उनले अमेरिकाको रा’हदानी प्रयोग गर्दै आएका छन्। गजमेर प्र’तिभावान गायक हुन्। उनी समाजसेवामा समेत स’क्रिय छन्। नेपाल र अमेरिकाबीच भी’षा पारस्पारिकता भएपछि पर्यटन

भीषामा दुवै देशका नागरिक एकअर्को मु’लुकमा १८० दिन बस्‍न पाउँछन्। अमेरिकाबाहेकका अन्य मुलुकका ना’गरिकहरुले पर्यटक भीषामा १५० दिन मात्र नेपालमा बस्न पाउँछन्।