Ultimate magazine theme for WordPress.

असाध्यै सेक्सी लुक्समा देखिइन् उर्फिः फ्यानले भने- ‘फिदा बनायाै’ (फोटोफिचर)

264

बिग बोस ओटीटी फेम उर्फी जावेद सानो पर्दाकी चर्चित अभिनेत्री हुन् । बिग बोसमा देखिएकी उर्फी पहिलो हप्तामै आउट भइन् ।शोबाट बाहिरिएपनि उनको चर्चा भने चुलिएको छ । उनी ड्रेसअपका कारण लगातार चर्चामा छिन् ।

पछिल्लो समय उर्फी सामाजिक संजालमा निकै सक्रिय छिन् । केहि दिन पहिला एयरपोर्टमा ब्रा देखाउँदै पुगेका कारण उनलाई निकै ट्रोल गरिएको थियो ।अहिले फेरि उनी मोजाको ब्रा बनाएर लगाएपछि फेरि ट्रोल बेनकी छिन् । मंगलबार उर्फीले बैजनीको पेन्टसँग गाढा बैजनी रंगको मोजालाई ब्राको रुपमा लगाएर पोज दिइन् ।

त्यसपछि सामाजिक संजालमा उनको चर्चा निकै चुलियो ।यो पालुकमा उनले पापाराजीलाई पनि पोज दिइन् । यसपछि उनको फोटो र भिडियोलाई लिएर निकै ट्रोल गरिएको छ ।स्वयं उर्फीले पनि इन्स्टामा यो लुकमा कैयौं फोटोहरु शेयर गरेकी छिन् ।

फोटो शेयर गर्दै उनले आफूले मोजाको ब्रा बनाएको र टिसर्टलाई काटेर आफ्नो यो नयाँ आउटफिट बनाएको बताएकी छिन् ।सामाजिक संजालमा केहीले उनको सिर्जनशीलताको तारिफ गरेका छन् भने केहीले उनलाई ट्रोल गरेका छन् । जे होस् उनको चर्चा निरन्तर छ ।