Ultimate magazine theme for WordPress.

अमेरिका गएर दोश्रो बिहे गरेकी नायिका रञ्जना शर्मा पहिलो पटक आमा बन्दै

206

काठमाडौं । नायिका रञ्जना शर्मा पहिलो पटक आमा बन्ने भएकी छन् । गत वर्षको चैत्र २५ गते अमेरिकामा प्रेमी निकेश सिलवालसँग दोस्रो विवाह गरेकी उनले बुधवार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

उनले ‘बेबी बम्प’ सहितको तस्विर सार्वजनिक गरेकी छन् । कोरोनाका कारण रञ्जना र निकेशले अनलाइनको माध्यमबाटै का’नुनी विवाह गरेका थिए ।२००६ मा रञ्जनाको पहिलो विवाह निर्देशक श्याम भट्टराईसँग भएको थियो । तर, उनी अमेरिका गएपछि श्यामसँग सम्बन्ध वि’ग्रियो ।

त्यसपछि अलग–अलग बस्दै आएका उनीहरुको ३ वर्ष अगाडि मात्र सम्बन्ध विक्षेद भएको हो ।डिभोर्स अगावैदेखि निकेशको प्रेममा रहेकी रञ्जनाले अमेरिकामा बसोबास गर्ने आफन्त र चिनजानका फिल्मकर्मीको उपस्थितिमा गत वर्ष विवाह गरेकी हुन् ।‘गहना’ टेलिसिरियलबाट अभिनय करिअर सुरु गरेकी

रञ्जनाले ‘कन्यादान, सलाम छ मायालाई, बिरताको चिनो, म’र्यादा, मौसम, बदमास’ लगायतका नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।चलचित्रमा राम्रो माग हुँदा हुँदै एक दशक अगाडि अमेरिका हा’निएकी उनले त्यसपछि अभिनयलाई निरन्तरता दिएकी छैनन् । चलचित्र ‘मौसम’ ले उनलाई दर्शकमा चिनाएको थियो ।