Ultimate magazine theme for WordPress.

अशोज १४ गते बिहिबार ,राम्रो -नराम्रो कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !

346

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)नयाँ कार्य गर्ने प्रेरणा मिल्नेछ। यधपी विचारमा स्थिरताको अभाव रहनाले केहि मामिलामा अल्झिनु हुनेछ। पेसा- व्यवसायमा समस्या भएको अनुभव हुनेछ। लघु यात्राको संयोग खडा हुनेछ। स्त्रीको बोलिमा ध्यान राख्नुहोला। भाई-बहिनीसँग मेलमिलाप हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)मनमा विभिन्न कारणले तनावग्रस्त रहला। नयाँ कार्यको प्रारम्भ गर्न उचित छैन। कुराकानीमा ध्यान नदिदा संघर्ष खडा हुनेछ। आर्थिक लाभ होला। विधार्थीको लागि शुभ समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)तपाईको दिन ताजगी र स्फूर्तिबाट परिपूर्ण रहनेछ। उत्ताम भोजन र मित्र आफन्तसँग दिन आनन्दमा बित्नेछ। दाम्पत्यजीवनमा सुख-सन्तोषको भावना अनुभव होला। आस्थिक लाभ र आयोजनको लागि अनुकुल दिन छ। नकारात्मक विचारलाई मन बाट टाढा राख्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)परिवारमा मनमुटावको अवसर आउनेछ। मानसिक बेचैनी अनुभव होला। त्यसैले महत्त्वपूर्ण निर्णय टाल्नु नै उचित होला। कसैसँग गलत धारणा वा वाद-विवादको प्रसंग खडा होला। मानहानी र धन हानि होला। स्वास्थ्यमा ध्यान दिनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)तपाईको दिन लाभदायक साबित हुनेछ। स्त्री मित्रसँग भएको भेट आनन्ददायक र लाभदायक साबित हुनेछ। व्यापारीको व्यापारमा वृद्दि हुनेछ। बाहिर जाने योजना बन्नेछ। आम्दानीको स्रोत वृद्दि होला। घरमा मांगलिक कार्य हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)नयाँ कार्यको सुरुवात गर्नको लागि मनमा बनाएको योजना साकार हुनेछ। पितासँग आत्मीयता बढ्नेछ। व्यापार र पेसागत क्षेत्रमा अगाडी बढ्ने योग छ। घरायसी जीवन आनन्दमय रहला। व्यापारको कामबाट बाहिर जाने योग छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)बौद्दिक तथा साहित्य प्रेमीहरुसँग भेट हुनेछ। नयाँ काम सुरु गर्न सक्नुहुन्छ। लामो दुरीको यात्रा वा तीर्थस्थानको भ्रमणको आनन्द लिनुहुन्छ। विदेशगमनको लागि अवसर निर्माण हुनेछ। सन्तानको समस्याले चिन्ता निर्माण हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)बोली र व्यवहारमा ध्यान दिनुहोला। दैनिक कार्यको अतिरिक्त नयाँ काम हातमा लिनु उचित हुनेछैन। खानपिनमा विशेष ध्यान दिनुहोला। आध्यात्मिक साधनाको लागि शुभ समय छ। चिन्तन-मननमा समय बिताउनुहुन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)मनोरंजनको दुनियामा रमाउनु हुनेछ। विपरीत लिगीय व्यक्तिसँग भेट रोमान्चक रहनेछ। दाम्पत्यजीवन आनन्दमय रहला। सार्वजनिक सम्मान र ख्याति मिल्नेछ। बौद्दिक तथा तार्किक विचार-विनिमय हुनेछ। सहकर्मीको सहयोग मिल्ने योग छ। तपाईको दिन विशेष रहला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)व्यापार र आर्थिक आयोजनको लागि अनुकुल दिन छ। पैसाको लेनदेन गर्दा सफलता मिल्नेछ। आयात-निर्यातमा व्यापारीको तर्फबाट लाभ मिल्नेछ। विरोधिको चाल असफल होला। परिवारमा हर्षोल्लासको वातावरण रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)मानसिक अशान्ति र उद्वेगमय दिन रहनेछ। पेट सम्बन्धि समस्या होला। सन्तानको प्रश्नले समस्या पर्नुहुनेछ। साहित्य लेखनको लागि अनुकुल दिन छ। आकस्मिक धन लाभ होला। कार्य निष्फलताले निराशा उत्पन्न होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)तपाईले दिन सावधानीपुर्वक बिताउनुपर्ने हुन्छ। मानसिक उद्वेग र मानहानी होला। पेसामा समस्या उत्पन्न होला। स्त्रीसँग सम्बन्ध हानिकारक साबित होला। आमाको स्वास्थ्यको चिन्ताको कारण बन्नेछ। स्वास्थ्य खराब हुन सक्ला।