सोमबार १८ मंसिर २०८०

जाजरकोट । भूकम्पबाट प्रभावित भएको जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले भीआईपीहरुको हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर घर्तीले विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका हुन् ।

उनले संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज्न पनि चेतावनी दिएका छन् । भेरी नगरपालिका सदरमुकाम समेत रहेको नगरपालिका हो । यहाँ दैनिक नेपाली सेनाको हेलिकप्टरमा भीआईपीहरु सवार हुने गरिरहेका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा त्यहाँ पुगेका थिए । यस्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सेनाकै हेलिकोप्टरमा ओहोर–दोहोर गरिरहेका छन् ।


Last Updated on: November 7th, 2023 at 6:41 pm

२४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया