Ultimate magazine theme for WordPress.

प्रेमी सुरजसँग बिहे गर्दै मौनी रोय

65

काठमाडौं । बलिउड अभिनेत्री मौनी रोयले जनवरीमा प्रेमी सुरज नाम्बियारसँग बिहे गर्ने भएकी छन् । मौनी र सुरज लामो समयदेखि प्रेम सम्बन्धमा छन् । मौनीकी आमाले यो वर्षको सुरुमै उनकी साथी मन्दिरा बेदीको घरमा

सुरजका बाबुआमासँग भेटेकी थिइन् । सुरजका बाबुआमा पनि मौनीलाई बुहारी बनाउन तयार रहेको समाचारमा आएको थियो ।मौनीको बिहे दुबई वा इटालीमा हुने बताइएको छ । पश्चिम बंगालको सानो सहर कोच बिहारकी स्थायी बासिन्दा मौनी मोडल,

अभिनेत्री तथा गायिकाको रूपमा परिचित छिन् । सन् २००७ मा चर्चित हिन्दी सिरियल सासभी कभी बहु थीबाट काँचको पर्दामा डेब्यु गरेकी उनले थुप्रै टिभी शो र केही फिल्ममा समेत अभिनय गरेकी छिन् ।बिहेपछि मौनीले कोच बिहारमा आफन्तलाई भोज खुवाउने योजना बनाएकी छिन् ।

मौनीसँग बिहे गर्न लागेका सुरज दुबईका बैंकर तथा व्यापारी हुन । ब्याङ्लुरको जैन परिवारका सदस्य सुरज र मौनी केही वर्षयता सँगै बस्दै आइरहेका छन् ।