मंगलबार १८ आश्विन २०७९
खिमराज चालिसे

चंडिगढ । भारतको चंडिगढस्थित किसनगढ भगवानपुरा गाउँमा एक नेपाली परिवारका तीनजना एउटै कोठामा शंकास्पद अवस्थामा मृ’त फेला परेका छन् ।

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–४, नुवाकोटका २६ वर्षीय रेशम विक, उनकी श्रीमती २४ वर्षीय पूजा र तीन वर्षीया छोरी शिवाङ मृ’त भेटिएका हुन् ।सोमवार बन्द कोठामा तीनै जना मृ’त फेला परेका र कुनै सु’साइड नोट फेला नपरेको प्रहरीले जनाएको छ ।

पुजा यही १२ अगस्त २०२२ का दिन मात्रैनेपालबाट छोरीलाई लिएर चंडिगढ आएकी थिइन् ।प्रारम्भिक अनुसन्धानमा श्रीमतीप्रति शंकाको आधारमा रेशमले श्रीमती र छोरीको गला दबाएर ह’त्या गरेपछि आफू पनि झु’न्डिएर आत्मह’त्या गरेको प्रहरीको आशंका छ ।

अहिले तीनै जनाको श’वलाई सेक्टर १६ चंडिगढको सरकारी अस्पतालमा राखिएको छ । थप पुलीस अनुसन्धान चलीरहेको छिमेकी किसनले बताएका छन् ।मृ’तक रेशम गलकोट नगरपालिका–४ निवासी खिम बहादुर विकका छोरा हुन् ।

यो पनि -बैतडीको सिगासबाट आज हेलिकप्टरमार्फत उद्धार गरिएकी ग’र्भवतीको ज्यान बचेको छ । सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया विन्दु धामीको उद्धारपछि ज्यान बचेको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पु-याइएकी विन्दुको ज्यान जोगिएको उहाँका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिनुभयो । आमा विन्दुको ज्यान जोगिए पनि शिशुको भने मृ’त्यु भएको छ ।

अस्पतालमा शल्यक्रिया गरेपछि विन्दु बाँचे पनि लामो व्यथाका कारण शिशुको गर्भमै मृ’त्यु भएको शल्यक्रियामा सहभागी चिकित्सकलाई उद्धृत गर्दै दीपेन्द्रले बताउनुभयो । ‘लामो व्यथाले शिशुको गर्भ मै मृ’त्यु भएको भन्ने चिकित्सक बताएका छन् । मृ’तक शिशु छोरा रहेछ’, उहाँले भन्नुभयो ।

आइबारदेखि सुत्केरी व्यथा लागेकी विन्दुको सोमबार मात्रै हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको थियो । समयमा खबर नगरिएकाले शिशुको मृ’त्यु भएकोप्रति बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुःख व्यक्त गर्नुभयो । आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि सोमबार उद्धार गरिएको हो ।

आइतबारदेखि सुत्केरी व्यथा लागेकी विन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पु¥याउन चार घण्टा बोकेर लैजानुपर्ने सो समयसम्म अत्यधिक रक्तस्राब हुने खतरा रहेकाले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।


Last Updated on: August 23rd, 2022 at 11:37 am

तपाईको प्रतिक्रिया