Ultimate magazine theme for WordPress.

सुन, हिराका गरगहना र ल्यापटप चोरीमा संलग्न तीन जना पक्राउ

75

काठमाडौँ– काठमाडौँको टोखास्थित अरुण थापाको घरबाट सुन, हिराका गरगहना र ल्यापटप चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा उक्त सामानहरु चोरो गर्ने दोलखाका १८ वर्षीय प्रिन्स श्रेष्ठ, चोरीका

सामान विक्री गर्ने नुवाकोटका २३ वर्षीय बिबेक पण्डित र चोरीको सामान खरिद गर्ने तनहुँका ३७ वर्षीय विजय बिक रहेको प्रहरीले जनाएको छ ।महानगरीय अपराध महाशाखाको टोलीले गत असोज १ गते चोरी भएको घटनाको अनुसन्धानका क्रममा शुक्रबार उनीहरुका काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीले चोरी भएको उक्त सुन तथा हिराका गरगहना र ल्यापटप समेत बरामद भएको जनाएको छ ।त्यस्तै उता पाल्पामा सुनको सिक्री चारेर भाग्ने दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रामपुर नगरपालिका वडा नं. ४, देवीस्थान भन्ने स्थानका स्थानीय ५० वर्षीया पुर्ना फालमगरको घरमा जोगीको भेषमा घुम्दै आएर सुनको

सिक्री चोरी गरेर फरार रहेका दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत उत्तरप्रदेश श्रावस्ती पोष्ट बस्ने वर्ष ३६ का रामनरेश हरिजन र सोही स्थानका ४३ वर्षका लड्डन हरिजन रहेका छन् । उनीहरु बुधबार दिउँशो १२ बजेतिर फालको घरमा जोगीको भेषमा आएका थिए ।

जोगीको भेषमा आएका उनीहरुबाट फालले नुहाउने क्रममा घरको च्यानल गेटमा राखेको सुनको सिक्री चोरी भएको थियो ।सुनको सिक्री चोरी भएको थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय रामपुरको टोलीले उनीहरुलाई खोजी गर्दा रामपुर ४, कै देवीस्थान भन्ने

स्थानमा बेलुकी ४ बजेतिर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान कार्य भईरहेको प्रनाउ त्वातीले बताउनुभयो ।