Ultimate magazine theme for WordPress.

नेपालमा लगातार भूकम्पको धक्का महसुस

176

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पको धक्का महसुस भइरहेको छ । दुई हप्ताको अवधिमा यस क्षेत्रमा तीनपटक भूकम्प गइसकेको छ ।

आज मात्रै बिहान ४ः५५ मिनेटमा बझाङको सुर्मा गाउँपालिकाको दौलीचौर केन्द्रविन्दू भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले जानकारी दिए ।यसअघि असोज ८ गते दार्चुला सदरमुकामबाट

उत्तरपश्चिम ४० किमी भारत केन्द्रविन्दू भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।त्यसअघि असोज ४ गते दार्चुलाको खर्रा क्षेत्र आसपास केन्द्रविन्दू भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प धक्का महसुस गरियो ।लगाताररूपमा धक्का महसुसले यहाँ जोखिम बढ्दै गएको छ ।

तीन पटक गएको भूकम्पले भने कुनै क्षति गरेको छैन ।त्यस्तै सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ ।